ताजा अपडेट

मिस नेपालको खोजी सुरु

          |   144 Views   |   Published Date : 23rd January 2018 |

0

काठमाडौं / रास– नयाँ मिस नेपाल–२०१८ का लागि आयोजक संस्था द हिडेन ट्रेजरले आह्वान गरेको छ । राजधानीमा पत्रकार भेटघाट गर्दै नयाँ मिस नेपालको द हिडेन ट्रेजरले आह्वान गरेको हो ।

सो क्रममा अहिलेकी मिस नेपाल निकिता चण्डकले यसपटक मिस वल्र्डमा भाग लिँदाको अनुभव सुनाइन् । उनले पनि नयाँ मिस नेपालका लागि सहभागी हुन इच्छुकलाई आह्वान गरिन् ।

मिस नेपालमा भाग लिनेहरूबाट विजेताले मिस वल्र्ड, फस्ट रनरअपले मिस अर्थ र सेकेन्ड रनरअपले मिस इन्टरनेसनलमा सहभागी हुन पाउने पनि हिडेन ट्रेजरले जनाएको छ ।

मिस नेपाल २०१८ का लागि वीरगन्ज, बिर्तामोड, धनगढी, धरान, चितवन, पोखरा, बुटवल र नेपालगन्जमा अडिसन लिएपछि आगामी ५ फागुनमा काठमाडांैमा अन्तिम चयनबाट प्रतियोगी छानिने हिडेन ट्रेजरले जनाएको छ ।

अन्तिम प्रतिस्पर्धाका लागि बढीमा २५ जनासम्म छानिने र आगामी २८ चैतमा मिस नेपाल २०१८ चयन गरिने पनि आयोजक पक्षले जनाएको छ ।

मिस नेपालमा भाग लिन १९ वर्षदेखि २५ वर्ष हुनुपर्ने, अविवाहित, नेपाली नागरिकता भएको, कम्तीमा पाँच फिट चार इन्च उचाइ हुनुपर्ने पनि आयोजक पक्षले जानकारी गराएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१