ताजा अपडेट

क्रियाकलापमा आधारित शिक्षण सिकाई

          |   342 Views   |   Published Date : 23rd January 2018 |

students in sample class (khotang) (1)

दाङ, माघ । ज्ञानमाला एकेडेमी घोराही १६ सर्राले क्रियाकलापमा आधारित शिक्षण सिकाई सुरु गरेको छ । विद्यालयले यो वर्ष देखि घोराही र तुलसीपुरमा पहिलो पटक क्रियाकलापमा आधारित शिक्षण सिकाई सुरु गरेको बताएको छ ।

विद्यालयले १० औ बार्षिकोत्सबको अबसर पारेर यो विधि सुरु भएको जानकारी दिएको हो । नर्सरी, एलकेजी र यूकेजीका साना साना बालबालिकाहरुलाई विद्यालयमा पढाउने भन्दा पनि उनिहरुको रुची र ईच्छा अनुसारको विभिन्न विधिहरु मार्फत सिकाउने विधि सुरु गरीएको हो । क्रियाकलापमा आधारित शिक्षण सिकाईको विषयमा ८ वर्ष भन्दा बढि समय देखि अनुसन्धान गर्दै आउनु भएको त्रिभुवन विश्वविद्यालयका ढुण्डीराज गिरीको प्रत्यक्ष सहयोगमा विद्यालयमा यो विधि सुरु गरीएको हो ।

‘यो विधिलाई हामीले मन्टेश्वरी कक्षा देखि सुरु छौँ । हामीले विद्यार्थीहरुलाई दिने शिक्षा धेरै नै परम्परागत भयो भन्ने आलोचना भैरहेको छ । त्यसैले सानै देखि बालबालिकाहरुलाई हामीले बैज्ञानिक र व्यवहारिक शिक्षामा जोड दिनका लागि यो विधि सुरु गरेका छौँ ।’ विद्यालयका प्रबन्ध निर्देशक दुर्गालाल केसीले भन्नुभयो, ‘मन्टेश्वरी कक्षा पढाउने भन्दा पनि उनिहरुको शारिरीक, तथा मानसिक विकास गर्ने उमेर हो । त्यसकारण उनिहरुको सर्वांगिण विकासका लागि यो विधि उपयुक्त छ भन्ने लागेको छ ।’

विभिन्न अनुसन्धानबाट सफल मानिएको यो विधिको बारेमा ढुण्डीराज गिरीले अभिभावकहरुलाई समेत जनाकारी गराउनु भयो । २०६४ सालमा स्थापना भएको ज्ञानमाला एकेडेमीले अहिले ५ औ ब्याजको एसईईमा सहभागिता जनाईसकेको छ । ३ सय ७५ भन्दा बढि विद्यार्थीहरुले अध्ययन गर्ने विद्यालयमा विस्तारै यो विधिलाई अपनाउने लक्ष्य राखिएको विद्यालयका प्रिन्सीपल हुकुमबहादुर डाँगीले बताउनुभयो ।

विद्यालयले १० औ बार्षिकोत्सबको अबसरमा कार्यक्रम समेत गरेको छ । विद्यालयका नारायण पौडेलको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष लक्षिनप्रसाद बुढाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बुढाले विद्यार्थीहरुको चौतर्फि विकास गर्नका लागि विद्यालयहरुले नयाँ नयाँ विधि र शिक्षण प्रक्रियाहरु अपनाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालयको प्रगती विवरण प्रस्तुत गर्दै प्रिन्सीपल हुकुमबहादुर डाँगीले विद्यार्थीहरुको विकासका लागि अभिभावकहरुको प्रत्यक्ष निगरानी, आबस्यक सल्लाह सुझाबहरुको खाँचो रहेको बताउनुभयो । बार्षिकोत्सबको अबसरमा विद्यालयले सञ्चालन गरेका विभिन्न प्रतियोगितात्मक कार्यक्रमका उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत समेत गरीएको थियो ।

सो अबसरमा विद्यार्थीहरुले मनोरञ्जनात्मक प्रस्तुतीहरु देखाएका थिए । साना साना कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुले समेत विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१