ताजा अपडेट

बैज्ञानिक शिक्षामा जोड : मन्दिर देखि विद्यालय सम्म विद्याकी देवि सरस्वतीको पुजा

          |   62 Views   |   Published Date : 22nd January 2018 |

a

नवीन अभिलाषी दाङ, माघ ८ । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी मनाइएको छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । दाङका सरस्वती देविका मन्दिरमा सोमबार बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागेको थियो । यस अवसरमा घोराहीको अम्विकेश्वरी मन्दिर, धारापानी लगाएत तुलसीपुर, लमही भालुबाङ सहित जिल्लाका विभिन्न मन्दीरहरुमा पुजा गर्नेहरुको भिड देखियो । विद्या आर्जनका लागि पुजा गर्नेहरुले आफ्नो पायक पर्ने स्थानमा गएर पुजाअर्चना गरे ।

26996751_1847898565243037_1817462638_n

साथै शैक्षिक संघसस्थाहरुले समेत सरस्वती पुजाको अबसर पारेर विद्यालयका बार्षिक नियमित कार्यक्रमहरु सम्पन्न गरेका छन । सरकारी तथा निजी विद्यालयहरुले सरस्वती पुजाको अबसर पारेर बार्षिकोत्सब, अभिभाबक भेला, बिभिन्न खेलकुद, अतिरिक्त क्रियाकलाप, शैक्षिक एब सांस्कृतिक कार्यक्रम र प्रतियोगिताहरु सञ्चालन गरेका छन । यसै दिनको अबसरमा मावि रझेना घोराहीले मन्टेश्वरी कक्षाको उद्घाटन, विद्यालय बस सञ्चालन र पुजाअर्चना गरेको छ ।

27042863_839697169548689_408622793_n

जिल्लाको राम्रो नतिजा दिन सफल विद्यालयको रुपमा परिचित मावि रझेना पछिल्लो समय प्राविधिक शिक्षालयको रुपमा समेत विकास भएको छ । उत्कृष्ट शिक्षा दिने उदेश्यले विद्यालयले यस वर्ष देखि मन्टेश्वरी कक्षा समेत सञ्चालन गरीएको विद्यालयले बताएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन गौतमले आफ्नो छोरी मन्टेश्वरी कक्षामा भर्ना गरेर मन्टेश्वरी कक्षाको उद्घाटन गर्नुभएको हो ।

e

पछिल्लो समय धेरै बालबालिकाहरु निजी विद्यालयहरुमा भर्ना हुने होडबाजी चलिरहेको बेला सरकारी विद्यालयले पनि शिशुहरुलाई मन्टेश्वरी कक्षाबाट राम्रो शिक्षाको सुरुवात गर्न सक्छन् भन्ने उदेश्यका साथमा कक्षाहरु सञ्चालन गरीएको प्रधानाध्यापक उद्यव न्यौपानेले जानकारी दिनुभयो । विद्यालयले यसवर्ष देखि बस पनि सञ्चालन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले शिक्षालाई गुणस्तरिय र बैज्ञानिक बनाउन आबस्यक रहेको बताउनुभयो । विक्ने शिक्षा अहिलेको आबस्यक रहेको भन्दै चौधरीले विद्यालयले त्यसै अनुसारको शिक्षा प्रदान गर्ने गरी व्यवस्थापन मिलाउनु पर्ने बताउनुभयो । कार्यक्रममा विशिष्ठ अतिथी शिक्षा अधिकारी रमेश कुमार मैनालीले विद्यार्थीले भविष्यमा काम गरेर बाँँच्न सक्ने शिक्षा दिन विद्यालयहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी शुशिल गौतम, नागरिक समाजका सचिब चन्द्रराज पन्त, अधिकारकर्मी विकिरण गौतम लगाएतले बोल्नु भएको थियो भने कार्यक्रमको सहजीकरण शिक्षिका निर्मला गौतमले गर्नुभएको थियो ।

यस्तै घोराही उपमहानगरपालिका वडा नं. ३ स्थित मावि झिङनी बन्जाडीले पनि सरस्वति पुजाको अबसरमा आफ्नो ५७ औ बार्षिकोत्सब सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशचन्द्र घिमिरेको अध्यक्षता तथा प्रदेश सांसद रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै शर्माले विद्यालयको सम्पती भएर मात्रै शिक्षा राम्रो नहुने भन्दै कमजोर आर्थिक कमजोर भएका विद्यालयहरुको समेत राम्रो पढाई हुने गरेको उहाले बताउनुभयो ।

विद्यालयका आबस्यकताको पहिचान गरेर योजनाहरु माग गर्न सुझाब दिनुभयो । कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष माधव चौधरी, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुषाल, शिक्षक महासंघका घोराही अध्यक्ष निशान्त आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष शोभाकर भुषाल, पत्रकार नवीन अभिलाषी लगाएतले बोल्नु भएको थियो । विद्यालयमा स्थापना गरीएका पुरस्कार, अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्टहरुलाई पुरस्कृत समेत गरीएको थियो ।

यस्तै घोराहीको दिपज्योती नर्सिङ कलेजले १० औ बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ । कलेजकै प्राङगणमा एक भब्य कार्यक्रमको आयोजना गरेर १० औ बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको हो । कलेज प्रमुख ज्योती कुँवरको अध्यक्षता तथा नेपाली काँग्रेसका नेता कमल किशोर घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले टेक्नीकल शिक्षा अहिले धेरैको रोजाईमा परेको शिक्षा भएकाले त्यसमा पनि नर्सिङ शिक्षा मानिसहरुको जीवन संग जोडिएको विषय भएको बताएका थिए । कलेजका विद्यार्थीहरुले विभिन्न सास्कृतिक कार्यक्रमहरुको साथै चेतनामुलक नाटक समेत प्रस्तुत गरेका थिए ।
यस्तै घोराही उपमहानगरपालिका १० मा रहेको जनजागृति माविले वसन्त पञ्चमी मनाएको छ । विद्यालयले औपचारिक कार्यक्रमको आयोजना गरि बसन्त पञ्चमी मनाएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर पुनको अध्यक्षता एव पाँच नं. प्रदेश सदस्य अमरबहादुार डाँगीको प्रमुख आतिथ्यता एव घोराही उपमहानगरपालिका १० का वडा अध्यक्ष चित्रबहादुर डाँगी (निर्मल) को विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यालयको शैक्षिक विकाससँगै भौतिक विकासका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन ।
प्रदेशसभा सदस्य अमरबहादुर डागीले विकास शैक्षिक तथा भौतिक विकासका लागि आफुले पहल गर्ने बताउनुभयो । किार्यक्रमका वडा अध्यक्ष चित्रबहादुर डाँगी (निर्मल)ले विद्यालयको विकासका लागि आँफूले वडा स्तरबाट पहल गर्ने बताउनुभयो । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले विद्यालयको शैक्षिक तथा शिक्षाको गुनात्मक विकास लागि आफनो ठाँउबाट लागिपर्ने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक खगुलाल न्यौपानेको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष तथा विद्यालयका पूर्व विद्यार्थी आर.के शीतल, विद्यालयमा स्थापना भएको हेमस्मृति अक्षकोषका संस्थापक तथा विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य उषा हमाल, पूर्व विद्यार्थीहरु बिष्णप्रसाद चौधरी, गणेश बुढालगायतले सुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा हाँस्य कलाकार कमल गाउले र लोक तथा दोहरी गीत प्रतिष्ठान दाङका अध्यक्ष प्रेम शर्माले सांस्कृतिक प्रस्तुत गरेका थिए ।

h
विद्यालयका विद्यार्थीले मयुर, थारु नाच लगायत गीत, कविता प्रस्तुत गरेका थिए । त्यस अवसरमा विद्यालयका पुर्व विद्यार्थी रोमा भण्डारीको स्मृतिमा उनको परिवारले ४० हजार रुपैया विद्यालयलाई सहयोग गरेका छन् । उनका वुवा पदमबहादुर भण्डारी, आमा चुमादेवि भण्डारी र दाई मानबहादुर भण्डारीले विद्यालय परिसरमा सरस्वती मन्दिर निर्माणकालागि नगद ४० हजार रुपैयाँ विद्यालयलाई प्रदान गरेका थिए ।

कार्यक्रमको सहजिकरण शिक्षक वुद्धिराम शर्माले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१