ताजा अपडेट

बार्सिलोनालाई जिताउन मेस्सी र स्वारेजको दुई–दुई गोल

          |   48 Views   |   Published Date : 22nd January 2018 |

Messi and swarez(1)

माघ, ८ – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल बेटिसलाई ५–० ले हराएको छ । आइतबार राती भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनेल मेस्सी र लुइस स्वारेजले २–२ गोल गरे भने राकिटीकले १ गोल थपे ।

घरेलु मैदानमा भएको खेलको ५९ औ मिनेटसम्म बाटिसले बार्सिलोनालाई  गोलरहित बराबरीमा रोकेको थियो । तर ५९ औ मिनेटदेखि गोलको खाता खोलेको बार्सिलोनाले ८९ औं मिनेटसम्म ५ गोल गर्यो । बेटिसले भने गोलको खाता खोल्नै सकेन । जितपछि बार्सिलोनाले २० खेलबाट ५४ अंक बनाएको छ ।

दोश्रो स्थानको २० खेलबाट ४३ अंक छ भने तेश्रो स्थानको भ्यालेन्सियाको २० खेलबाटै ४० र १ खेल कम खेलेको चौथो स्थानको रियल मड्रिडको ३५ अंक छ ।

प्रतियोगितामा सेल्टा भिगोले रियल सोसिडाडलाई २ –१ ले हराएको छ । आलाभेस र लेगानेसले भने २–२ गोलको बराबरी खेलेका छन् ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१