ताजा अपडेट

राष्ट्रिय फुटबल प्रतियोगीताको उपाधी महेन्द्र पुलिस क्लवलाई

          |   204 Views   |   Published Date : 20th January 2018 |

khelkud

टीकाबहादुर बस्नेत दाङ, माघ ६ गते । राष्ट्रिय पुरुष फुटबल प्रतियोगीताको उपाधी नेपाल प्रहरीको महेन्द्र पुलिस क्लवले हात पारेको छ । २८ औं राष्ट्रिय पुरुष फुटबल प्रतियोगीताअन्तर्गत शनिबार दाङको घोराहीमा भएको फाइनल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लवलाई ४ का बिरुद्ध ५ गोलले पराजित गर्दै पुलिस क्लवले उपाधी हात पारेको हो ।


अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा निर्धारित समयभित्र दुवै टिमले गोल गर्न सकेका थिएनन् । खेल गोलरहित भएपछि ट्राइवेकरमा परिणत भएको थियो । खेलमा नेपाल प्रहरीको तर्फबाट जर्सी नम्वर ९ का सुमन लामा, जर्सी नम्वर १९ का बुद्ध लामा, जर्सी नम्वर ७ का तेज तामाङ, जर्सी नम्वर १५ का दिनेश राजवंशी र जर्सी नम्वर १४ का निरकुमार राइले गोल गर्नुभएको थियो ।


त्यस्तै त्रिभुवन आर्मी क्लवको तर्फबाट जर्सी नम्वर ३० का जर्जप्रिन्स कार्की, जर्सी नम्वर ७ का हिरन्य मगर, जर्सी नम्वर १४ का विवेक बस्नेत र जर्सी नम्वर २२ का रुपेश केसीले गोल गरेको भए पनि जर्सी नम्वर ९ का राजिव गुरुङको प्रहारलाई पुलिस क्लवका गोलकिपर रोशन खड्काले बीचमा रोक्दै आफ्नो टीमलाई विजयी बनाउनुभएको थियो । प्रहरीसँग पराजित त्रिभुवन आर्मी क्लवले दोस्रो स्थान हासिल गरेको छ ।
त्यस्तै तेस्रो स्थानका लागि शनिबार घोराहीको भरतपुर खेल मैदानमा भएको खेलमा सुदूरपश्चिमाञ्चल क्षेत्रीय टिमलाई ३ का बिरुद्ध ४ गोलले पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ विजयी भएको छ । खेलको सुरुवातीदेखि नै एपिएफमाथि हावी भएको सुदूरपश्चिमाञ्चल क्षेत्रीय टीमले पहिलो हाफको ३३ मा मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । जर्सी नम्वर १७ का मणिराम चौधरीले गोल गर्दै टीमलाई अग्रता दिलाउनुभएको थियो ।
त्यस्तै दोस्रो हाफको १० मिनेटभित्रै एपिएफका जर्सी नम्वर १४ का महेश लामाले गोल गर्दै टिमलाई बराबरीमा पु¥याउनुभएको थियो । पहिलो हाफको तुलनामा प्रतिष्पर्धात्मक रहेको दोस्रो हाफको खेलको १८ औं मिनेटमा सुदूरपश्चिमका जर्सी नम्वर १७ का मणिराम चौधरीले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाउनुभएको थियो । खेलको ४४ औं मिनेटमा एपिएफका जर्सी नम्वर ८ का आशिष लामाले गोल गर्दै टीमलाई बराबरीमा पु¥याउनुभएको थियो ।
निर्धारित समयभित्र दुवै टीम बराबरीमा रहेपछि खेल ट्राइब्रेकरमा परिणत भएको थियो । खेलमा एपिएफका जर्सी नम्वर ८ का आशिष लामा, जर्सी नम्वर १९ का सन्तोष कटवाल, जर्सी नम्वर २८ का मनबहादुर राना र जर्सी नम्वर २४ का सुमित आलेले गोल गरेको भए पनि जर्सी नम्वर २१ का दीपक खड्काको प्रहारलाई सुदूरपश्चिमका गोलकिपर जीवन भट्टराईले रोक्नुभएको थियो ।
त्यस्तै सुदूरपश्चिमका जर्सी नम्वर १५ का राकेश हमाल, जर्सी नम्वर २ का सुनिल धामी, जर्सी नम्वर १० का राजेन्द्र ठगुन्नाले गोल गर्नुभएको थियो, भने जर्सी नम्वर १७ का मणिराम चौधरीको प्रहार पोष्ट बाहिरिएको थियो । त्यस्तै जर्सी नम्वर ३ का कृष्ण कठायतको प्रहारलाई एपिएफका गोलकिपर रोमन रसायलीले रोक्नुभएको थियो ।
यसैबीच शनिबार एक कार्यक्रमका बीच प्रतियोगीताको समापन गरिएको छ । दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको बिशिष्ट आतिथ्यतामा प्रतियोगीताको समापन गरिएको हो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१