मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
दाङ, माघ ३ । मोटरसाइकल दुर्घटना हुँदा सल्यानमा एक जनाको मृत्यु भएको छ। बागचौर नगरपालिका–२ मा रा ४ प २०१२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा बागचौर नगरपालिका–९ डाँगीगाउँका अन्दाजी ४५ वर्षीय पूर्ण बहादुर डाँगी रहेको इलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ। दुर्घटना मंगलबार राति नै भएको भएपनि र बुधबार दिउँसो मात्र स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए। डाँगी बागचौर नगरपालिका स्थित पशु सेवा कार्यालयमा कार्यरत थिए। मोटरसाइकल सडकबाट झन्डै २५ मिटर तल शारदा नदीमा खसेको प्रहरीले जनाएको छ। Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed