केन्द्र नपाएपछि दाङमा आन्दोलन , ‘दाङ अन्यायमा परेको छ, आन्दोलनबाट सरकारलाई घुँडा टेकाउछौं।’
दाङ– प्रदेश नम्बर पाँचको अस्थायी मुकाम दाङ नतोकिएपछि दाङमा आन्दोलनलाई थप सशक्त पारिने भएको छ। दाङ प्रादेशिक राजधानी सरोकार समितिको बुधबार बेलुका बसेको बैठकले आन्दोलनलाई थप कडा बनाउने निर्णय गरेको हो। तर, पूर्व पश्चिम राजमार्गमा रोकिराखेका सवारी साधन गन्तव्यमा पुर्याउन भन्दै बेलुकापखबाट राजमार्ग खुलाइएको छ। बुधबारदेखि थालिएको आमहड्ताललाई निरन्तरता दिँदै बिहीबारदेखिको आन्दोलनलाई सशक्त पार्ने र सरकारी कार्यालयहरु समेत खुल्न नदिने निर्णय भएको समितिका सचिब सविन प्रियासनले जानकारी दिए। ‘आन्दोलनलाई थप शसक्त बनाउने योजना छ,’ उनले भने, ‘दाङ अन्यायमा परेको छ, आन्दोलनबाट सरकारलाई घुँडा टेकाउछौं।’ साथै आगामी २४ गते राष्ट्रिय सभाको निर्वाचनलाई समेत अबरोध गर्ने गरी अघि बढ्ने तयारी गरेको उनले बताए। प्रदेशको अस्थायी मुकाम दाङमा तोकिनुपर्ने भन्दै आन्दोलन सुरु भएको हो। सरकारले यसअघि उच्च अदालत, प्रदेश प्रहरी कार्यालय, राष्ट्रिय सभाको मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङमा खोलेकाले यही नै राजधानी हुनुपर्ने माग दाङका नागरिकहरुको गरेका छन्। Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed