दाङमा श्रीमानको चारवटा औंला काटेर पोलेर खाने ६४ बर्षीया बृद्धा पक्राउ
श्रीमानको हातका चारवटा औंला काटेको अभियोगमा पक्राउ परेकी तुलसीपुर उपमहानगरपालिका–१ छोटेकी ६४ वर्षीया रिसमी महतरालाई अदालतले आइतबार थुनामा राख्न आदेश दिएको हो ।
गत १२ पुसको राति उनका पति चन्द्रबहादुर महताराको दायाँ हातका चारवटा औंला काटेर अगेनोमा पोली खाएको अभियुक्तले प्रहरीसमक्ष बयान दिएकी थिइन् । उनलाई १३ पुस बिहान इलाका प्रहरी कार्यालय तुलसीपुरले राप्ती अञ्चल अस्पताल परिसरबाट पक्राउ गरेको थियो ।
नेपालगन्जमा उपचार गराएर फर्किएका उनका पति महतराले पत्नीलाई छोडिदिन भन्दै न्यायाधीशसमक्ष हारगुहार गरे पनि कुनै सुनुवाइ नभएको गुनासो गरे । पीडित महताराले पत्नीले हातको औंला काटिदिएपछि आफू अपांगजस्तै भएको र घरमा स्याहारसुसार गर्ने अरू कोही पनि नभएकाले छोडिदिन आग्रह गर्दै आएका थिए ।
आफ्नो चार औंला काटेर पोलीखाने पत्नीलाई छुटाउन पीडत महतारा प्रहरीदेखि न्यायाधीशलाई भेट्न पटकपटक पुगेका थिए ।


Leave a comment