ताजा अपडेट

विद्यार्थीहरु द्वारा वृद्धाश्रममा निरीक्षण तथा फलफुल वितरण

          |   401 Views   |   Published Date : 16th January 2018 |

26857092_836457913205948_819775886_n

दाङ, माघ २ । घोराही स्थित राप्ती आवासिय माध्यमिक विद्यालयका विद्यार्थीहरुले घोराही तेरौटेस्थित बृद्धाश्रममा पुगेर त्यहाका जेष्ठ नागरिकहरुसंग अनुभव आदाप्रदान गरेका छन । मंगलबार परेको भुकम्पदिवस, माघे सक्रान्तिको अबसर पारेर विद्यार्थीले जेष्ठ नागरिकहरु संग समय विताएका हुन् ।

26971984_836457376539335_1390553520_o

 

विद्यार्थीहरुलाई किताबको सैद्धान्तिक ज्ञान भन्दा पनि सामाजिक ज्ञान र अनुभवहरु संगाल्ने गरी विद्यार्थीहरु त्यहा पुगेका थिए । बृद्धाश्रमका जेष्ठनागरिकहरुले आफ्ना जीवनका, आफुले भोगेका कुराहरु विद्यार्थीहरुलाई सुनाएका थिए । जेष्ठ नागरिकहरुले भोगेका कुराहरु सुन्न पाउँदा, अनुभवहरु सुन्न पाउँदा खुशी लागेको कक्षा ९ का विद्यार्थी युवराज वलीले बताउनुभयो ।

‘हामी पनि भोली बृद्धअबस्थामा पुग्छौँ, हामीलाई पनि सहारा चाहिन्छ, त्यसैले हामीलेहरु पनि बृद्धबृद्धाहरुलाई सम्मान र माया गर्नुपर्छ ।’ विद्यार्थी अबन्तीका कुँवरले भन्नुभयो, ‘उहाहरुको कुराहरु सुनेर धेरै जानकारी पाएका छौँ । हामीले हाम्रो बाबुआमालाई माया र सम्मान गर्नुपर्छ ।’ विद्यार्थीहरुले बृद्धाश्रममा पुगेर आफ्ना अभिभावकहरुलाई सधै सम्मान र माया गर्नुपर्छ भन्ने कुरा सिकेको बताए ।

26857674_836457903205949_799313094_n

 

राप्ती आबसिय माविका सहायक प्रधानाध्यापक मुकेशकुमार डिसीको अध्यक्षता तथा जेष्ठनागरिक सदस्य चतुरमान डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमको सहजीकरण हुकुमबहादुर जिसीले गर्नुभएको थियो । विद्यार्थीहरुले त्यसअबसरमा फलफूल वितरण गरेका थिए ।

 

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१