ताजा अपडेट

राजधानी माग्दै दाङबासी सडकमा

          |   226 Views   |   Published Date : 16th January 2018 |

26914261_1733148310082734_1423555417_n

दाङ, माघ २ । लामो समय देखि शान्तिपुर्ण लविङ थालेको दाङले अन्त्यमा सरकारले सम्पुर्ण प्रक्रिया र सम्भावना विर्सेर बुटवललाई प्रादेशिक राजधानीको रुपमा तोक्न थालेपछि कडा आन्दोलनका कार्यक्रम अघि सारेको छ ।

केहि दिन पहिले दाङ राजधानीको रुपमा तयार पारिएको प्रस्ताबलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले रातारात परिवर्तन गरी प्रदेश नं. ५ को राजधानी बुटवल बनाउने गरी नयाँ प्रस्ताब तयार पारेपछि दाङ उग्र देखिन थालेको छ । सम्पुर्ण दृष्टिकोणले प्रदेश राजधानीको सम्भावना बोकेको दाङलाई पछाडी पार्दै राजनैतिक दृष्टिकोणले बुटवल राजधानी तोक्न थालेपछि दाङमा गठन भएको दाङबासीहरु अहिले सडकमा उत्रिएका छन ।

पहिलो चरणको आन्दोलनका कार्यक्रम अन्र्तगत घोराही, तुलसीपुर र लमहीमा विरोध प्रर्दशन गरीएको छ । घोराहीमा जिल्ला स्थित सम्पुर्ण सामाजिक संघसस्थाहरुको पहलमा विरोध ¥याली निकालिएको छ । घोराही बजारका पसलहरु बन्द भएका छन भने यातायातका साधनहरु समेत रोकिएका छन ।

दाङलाई प्रादेशिक राजधानी तोक्नु पर्ने माग गर्दै घोराहीमा राजनितीक दलहरु, उद्योग बाणिज्य संघ, नागरिक समाज लगाएतका विभिन्न सामाजिक संघसस्थाहरु सडकमा उत्रिएका हुन् । उनिहरुले दाङलाई राजधानी नतोकिए कडा आन्दोलन गर्ने बताएका छन ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१