ताजा अपडेट

भोली देखि दाङ अनिश्चितकालिन बन्द ः विहान ८ बजे घोराहीमा विशाल जनप्रर्दशन

          |   4853 Views   |   Published Date : 16th January 2018 |

26914077_1733148050082760_1142437850_n

दाङ, माघ २ । बुधबार देखि दाङमा अनिश्चितकालिन बन्दको घोषणा गरिएको छ । दाङलाई प्रादेशिक राजधानी नतोकिए सम्म दाङमा अनिश्चितकालिन बन्दको घोषणा गरिएको दाङ प्रादेशिक राजधानी सरोकार समितिले बताएको छ ।

दाङ प्रादेशिक राजधानी सरोकार समितिको नेतृत्वमा जिल्लाका सम्पुर्ण राजनीतिक दलहरु, उद्योग बाणिज्य संघ, नागरिक समाज र विभिन्न सामाजिक संघसंस्थाहरुको समन्वयमा दाङका सम्पुर्ण गतिविधिहरु बन्द हुने भएका छन ।

दाङको भालुबाङ, लमही, घोराही, नारायणपुर, विजौरी र तुलसीपुरमा स्थानिय उद्योग बाणिज्य संघको समन्वयमा बुधबार देखि अनिश्चितकालिन बन्दको घोषणा गरीएको समितिका संयोजक नारायणप्रसाद भुषालले जानकारी दिनुभयो । जिल्लाका कलकारखाना, विद्यालय, यातायात लगाएतका सम्पुर्ण गतिविधिहरु बन्द गरीएको उहाले जानकारी दिनुभयो ।

पुर्वपश्चिम राजमार्ग अन्र्तगत दाङ खण्ड पुरै ठप्प पारिने भएको छ । दाङलाई राजधानी नतोकिए सम्म बन्द नखोलिने समितिका सदस्य सचिब सविन प्रियासनले जानकारी दिनुभएको छ ।

साथै बुधबार विहान ८ बजे घोराहीमा विशाल जनप्रर्दशनको आयोजना गरीएको छ । सरकारको निर्णय प्रति असहमती जनाउँदै विरोध प्रर्दशनका लागि दङालीहरु सडकमा उत्रिएका छन । बुधबार विहान ८ बजे घोराहीमा हुने प्रर्दशनका लागि सम्पुर्णलाई दाङ प्रादेशिक राजधानी सरोकार समितिले उपस्थित हुन आग्रह गरेको छ । सरकारले पनि भोली विहान ९ बजे मन्त्रीपरिषदको बैठक बोलाएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१