ताजा अपडेट

दाङमा प्रदेशको अस्थायी मुकाम तोकिनैपर्छ

          |   239 Views   |   Published Date : 16th January 2018 |

सविन प्रियासन

26913955_1733178893413009_1231607907_n

दाङ प्रदेशको मात्र नभएर केन्द्रकै राजधानी बन्न सक्छ । दाङ प्रदेश नम्वर ५ को बीचोबीचमा रहेको र सबै कोणबाट राजधानीका लागि उपयुक्त भएकाले दाङलाई प्रदेशको राजधानी बनाउन थालिएको हो ।

प्रदेश नम्वर ५ मा पर्ने १२ जिल्लाहरुमा सम्पर्क बढाउनका लागि दाङबाट जहाँ जाँदा पनि दुईसय किलो मिटरको हाराहारिमा दुरी पर्छ । दाङ सुरक्षा, हावापानीका दृष्टिकोणले पनि अत्यन्त उत्तम छ । यहाँ सरकारी जग्गाहरु पनि हजारौ विगाहा छ भने व्यक्तिगत जग्ग ा पनि भौतिक संरचना नबनेका खालिखालि धेरै नै छन् । यही कुरालाई मध्यनजर गर्दै राजधानी छनौंटका लागि बनाईएका सरकारी टोलीहरुले दाङ सातवटै प्रदेश मध्य सबै भन्दा उपयुक्त भएको भनि सरकारलाई सिफारिस गरेका छन् । यसका साथै सुरक्षा निकायको सबै निकायले दाङ राजधानीका लागि उपयुक्त भनेर भनि रहेको अवस्था छ ।

यीनै तथ्यहरुलाई हेर्दा दाङ राजधानी हुनेछ भन्नेमा हामी ढुक्क छौं । तर विडम्वना नै मान्नुपर्छ, अन्तिम घडीमा आएर प्रदेशको मुकाम दाङ बाहेक अन्यत्रै तोकिदैछ भन्ने विशेष श्रोतबाट खुलेको छ । जसले गर्दा बाध्यात्मक अवस्थामा मंगलबार देखि दाङमा अस्थायी मुकामको माग गर्दै आन्दोलन सुरु भएको छ । माघ ३ गतेदेखि अनिश्चित कालिन बन्द गर्ने घोषणा समेत दाङमा भएको छ ।
दाङमा आन्दोलन हुनु पनि स्वाभाविक छ । प्रदेशस्तरीय निवार्चन कार्यालय, उच्च अदालत, प्रह्री प्रमुखको कार्यालय प्रदेशस्तरीय अन्य निकायहरु दाङमा छन् । यस हिसाबले प्रदेश प्रमुख र अस्थायी मुकाम दाङमै हुनुपर्छ । कामकाजका लागि पनि यी निकायहरु एकै थलोमा हुँदा राज्यलाई समेत आर्थिकरुपमा व्यभार कम पर्छ ।

तसर्थ अन्यायपूर्ण तरिकाले दाङमा तोक्नुपर्ने अस्थायी मुकाम अन्यत्र तोकियो भने दाङको आक्रोश राज्यले समेत थाम्न नसक्ने गरी उठ्ने निश्चित् छ । दाङलाई राजधानी बनाउनका लागि दशकौ देखि यहाँ गतिविधिहरु भइरहेका छन् । अन्य ठाउँ जस्तो रहरका भरमा दाङमा राजधानीको कुरा गरिएको होइन ।

तसर्थ दाङ प्रति अन्याय हुँदा जति यहाँका मनहरु चोइटिनेछन्, त्यति दाङमा राजधानी भएमा अन्यत्र दुःख्ने छैन । स्वाभाविकरुपमा नसोँचेको निर्णय भएमा त्यसको परिणाम घातक हुन सक्छ । प्रदेश नम्वर ५ का सबै जिल्लाका बासिन्दालाई दाङ नै राजधानी हुनेछ भन्ने विश्वास छ । किनकी दाङमा राजधानी बनाउनका लागि सबै कुराले काम गरेको छ ।

प्रदेशको छेउँकुनामा दाङ भैदिएको भए, दाङ सुरक्षाका दृष्टिकोणले पनि अयोग्य भएको भए, यहाँ प्रशस्त जमीन नभइदिएको भए, सादय दाङ राजधानी हुनुपर्छ भनेर दाबी नै गरिदैनथ्यो । तसर्थ सरकारले पनि दाङलाई अन्यायको दलदलमा भास्ने गरेर कुनै पनि निर्णय गर्नु हुँदैन । केही व्यक्तिको स्वार्थ पुरा गर्ने थलो सरकार बन्नै हुँदैन । सरकारले न्यायोचित निर्णय गर्नैपर्छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१