ताजा अपडेट

दाङमा चर्कियो आन्दोलन

          |   89 Views   |   Published Date : 16th January 2018 |

26857450_836437889874617_844747757_n

दाङ, माघ २ । दाङमा आन्दोलन चर्किएको छ । दाङलाई प्रादेशिक राजधानीको माग गर्दै दाङमा आन्दोलनका कार्यक्रमहरु अगाडी बढाईएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले बुटवललाई प्रादेशिक राजधानी तोक्ने गरी प्रस्ताब तयार पारेपछि दाङका विभिन्न स्थानमा आन्दोलन सुरु गरीएको हो ।

दाङमा पहिलो चरणको आन्दोलत स्वरुप जनप्रर्दशन गरीएको छ भने बजार बन्द र यातायातका साधनहरु समेत ठप्प पारिएको छ । दिउसो २ बजे देखि ३ बजे सम्म बजारहरु बन्द रहे भने ३ बजे देखि ४ बजे सम्म यातायातका साधनहरु चल्न सकेनन् ।

प्रदेशकै सबै भन्दा राम्रो, उत्तम र हरेक दृष्टिकोणले उपयुक्त दाङ जिल्लालाई राजधानी नतोकेर राजनितीक पहुँचको आधारमा बुटवललाई राजधानी बनाउने षडयन्त्र भएको भन्दै जिल्ला स्थित सरोकारवालाहरुले आक्रोश ब्यक्त गरेका छन । दाङ जिल्ला उद्योग बाणिज्य संघबाट सुरु भएको ¥याली बजारका विभिन्न भागहरुको परिक्रमा गरेर तुलसीपुर चौकमा पुगि सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य अमरबहादुर डाँगीले दाङलाई तत्काल राजधानीको रुपमा स्वीकार गर्न सरकारलाई आग्रह गर्नुभएको छ । प्रदेशका सम्पुर्ण क्षेत्रलाई पायक गर्ने स्थानमा राजधानी नतोकेर कसैको राजनितीक पहुँचका आधारमा प्रदेशको कुनामा राजधानी बनाउनु सम्पुर्ण प्रदेशका बासीहरुलाई स्वीकार नहुने बताउनुभयो ।

नेकपा एमालेका सचिवालय सदस्य शरद अधिकारीले सरकारको यो कदम सम्पुर्ण प्रदेशबासीहरुको लागि स्वीकार नहुने कदम भएको बताउनुभयो । हरेक दृष्टिकोणले उपयुक्त रहेको दाङको सम्भावनालाई मिच्नु सरकारको कमजोरी पक्ष भएको बताउनुभयो । नेपाली काँग्रेसका सचिब शंकर प्रसाद डाँगीले सरकारको यो कदम सच्याउनु पर्ने बताउनुभयो । प्रदेशको विकासका लागि र सम्पुर्ण जिल्लाल स्वीकार गर्ने गरी प्रदेशको राजधानी दाङ बनाउन उपयुक्त हुने भएकाले बुटवल राजधानी बनाउने निर्णय तत्काल सच्याउन आग्रह गर्नुभयो ।

यस्तै नेकपा माओबादी केन्द्र दाङका सहईन्चार्ज निमल आचार्यले बुटवलसंग दङालीको कुनै रिसराग नभएको भन्दै दाङलाई प्रादेशिक राजधानी तोकिनु सबैको लागि न्यायीक विषय भएको बताउनुभयो । दाङ प्रादेशिक राजधानी सरोकार समितिका संयोजक तथा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण प्रसाद भुषालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सदस्य सचिब तथा नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१