माघ ,२०७४| दक्षिण अमेरिकी देश पेरुमा ७.१ रेक्टरको भूकम्प गएको छ। भूकम्पमा परेर दक्षिण-पश्चिम पेरुमा दुई जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएको सरकारले जानकारी दिएको छ। भूकम्पमा परेर मृत्यु हुनेको संख्या बढ्नसक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्। स्थानीय समयअनुसार आइतबार बिहान ४ बजेर १८ मिनेटमा भूकम्प गएको थियो। अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार भूकम्पको केन्द्र प्रशान्त महासागरमा थियो। उक्त भूकम्पका झट्का केन्द्रबिन्दुबाट ३६ किलोमिटर टाढासम्म महसुस गरिएको थियो। पेरुका अधिकारीहरुका अनुसार एउटा उत्खननमा संलग्न १७ मजदुर बेपत्ता भएका छन्। उक्त ठाउँमा काम गरिरहेका बेला संरचना भत्किएको थियो। पेरुका स्वास्थ्यमन्त्री एबेलसलीनसका अनुसार बेपत्ता भएका मजदुरलाई खोज्ने कार्यदल काममा लागेको छ। पेरु सरकारका अनुसार भूकम्पको केन्द्रबाट २६ किलोमिटर टाढा लोमस सहरसम्म महसुस गरिएको थियो। भवन भत्किएर २ जनाको मृत्यु भएको र विभिन्न सहरमा ६५ जना घाइते भएका छन्। केही साना सहरहरुमा ठूलो मात्रामा क्षति भएको बताइएको छ। क्षतिको विवरण आउन बाँकी छ। Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed