ताजा अपडेट

माघे संक्रान्ति र मगर समुदाय

          |   48 Views   |   Published Date : 15th January 2018 |

रेसम राना मगर

tamu-lhosar-0714

१. भूमिका

कनै विषयको प्रसङ्ग र सन्दर्भ हुन्छ । यस लेखमा मगर जातिको सांस्कृतिक प्रसङ्ग र माघे संक्रान्ति पर्वको सम्दर्भ बारे छोटो चर्चा गर्न लागिएको छ । नेपालको प्राचीन धर्म संस्कृति भनेको प्रकृतिवादी धर्म संस्कृति हो । नेपाली समुदायले आफ्नो ऐतिहासिक जीवनकालदेखि नै आफ्नो भिन्नभिन्न खालको लोक संस्कृति अपनाउँदै आएको पाइन्छ । भौतिकवादी धर्मशास्त्रमा भनिएको छ, मानव जातिले सिर्जना गरेको सम्पूर्ण ज्ञान भण्डरबाट आफ्नो दिमागलाई समृद्ध पारेर मात्र मानिस सभ्य र विकसित बन्न सक्छ । त्यही सच्चाइको आधारमा डेकेर हाम्रो जीवनलाई सुखी र समृद्धि बनाउन हाम्रा पुर्खाहरुले आर्जन गरेको सच्चाइ र सुन्दरतालाई आत्मसात् गर्नुपर्छ । मगर जातिका पुर्खाहरुले सिर्जना गरेका सामाजिक जीवन पद्धतिका ज्ञान भण्डारणबाट आजका मगर समाज र अन्य समाजले सिक्न जरुरी छ ।
२. सन्दर्भ मगर संस्कृति ः
मगर जाति नै के हो ? भन्ने सन्दर्भमा सर्वप्रथम सबै स्पष्ट हुनुपर्छ । मगर जाति नेपालको एक असाध्यै पुरानो आदिवासी समुदाय हो । यो समुदायको पहिचान भनकै नेपालको वास्तविक पहिचान हो । यो जातिले नै आजको नेपाली भूमी, चुरे पहाडी श्रृङ्खला हराभरा र बस्तीयोग्य बनाएको पौरखी जाति हो । मगर जाति नै नेपालको ऐतिहासिक जीत हो । मगर जातिले आर्जन गरेको सभ्यता र संस्कृति नै नेपालको सभ्यता र संस्कृतिको मुख्य आधार हो । त्यसकारण भन्न सकिन्छ मगर जातिको संस्कृति नै नेपाली संस्कृतिको आधार हो । जुन सामूहिक हित र कल्याणमा आधारित छ । मगरजातिको सामुहिक जीवन र सामुहिक श्रममा आधारित पहिचान हो । मगर जातिको सभ्यता र संस्कृति भनेको मगराती सभ्यता र संस्कृति हो । मगरात भनेको मगर जातिको पुर्खाहरुको रगत र पसिना पोखिएको मृत भूमि हो । मगर ल्याण्ड हो । मगरात एवम् लमगर ल्याण्ड मगरको चिनारी हो । यसबाट के बुझिन्छ भने मगरजाति नेपाली मानव जाति इतिहासको साझा भाषा, साझा भूमि, साझा आर्थिक जीवन र साझा संस्कृति भएको एक ऐतिहासिक समुदाय हो । यसको आफ्नो मातृ भाषा छ, मगर भूमि छ । त्यसकारण भन्ने सकिन्छ मगर जाति–जात होइन जाति ९ल्बतष्यल० हो । मगर जातीय संस्कृति नेपालको संस्कृति हो । मगर जातीय पहिचान एक नेपाली पहिचान हो । नेपालमा नेपाली राष्ट्रियताको जग नेपाली आदिवासी समुदायको समग्र राष्ट्रियता हो । नेपाल र नेपालीको सभ्यता र संस्कृति मगर सभ्यता र संस्कृतिको जग हो ।
३. प्रसङ्ग माघे संक्रान्ति ः
मगर जाति सांस्कृतिक पहिचान भएको जाति हो । मगर जाति संस्कृतिमा धनी जाति हो । जगर जातिले आफ्नो इतिहासदेखि वर्तमानसम्म आफ्नो श्रम र उत्पादन सम्बन्धी चिनारी, जीवनशैली र पहिचान कायम गर्दै आएको छ । मगर जातिले मान्दै आएको विभिन्न चाडपर्वहरूमध्ये माघे संक्रान्ति, भूमेपूजा, वैशाखी पूर्णिमा, मंसिरे पूर्णिमा जेनसी पूर्णिमा आदि हुन् । उपरोक्त चाडपर्वमा मगरहरुले कुलान पुजा, बाह्र भाइ बराहपूर्ण सिद्धपूजा गरी प्रकृति पूजाकै फरक–फरक रुप मानिन्छ । उल्लेखित चाडपर्वहरु मगर जीवनशैली र मगर संस्कृति हो । मगरहरुले मान्ने उपरोक्त चार्डहरुमध्ये मुख्य र सम्पूर्ण मगर समुदायमा प्रचलित र स्थापित पर्व हो । ‘माघे संक्रान्ति’ यो माघे संक्रान्ति मगर जातिको उत्पादन प्रक्रियामा, आर्थिक जीवनमा एवम् सांंस्कृतिक जीवनमा सर्वाधिक महत्व राख्ने पर्व हो । पर्वको अर्थ उत्सव हुन्छ । उत्सवको अर्थ खुशीयाली र आनन्द हुन्छ । माघे संक्रान्ति एक ऐतिहासिक पर्व हो । यो पर्वको महत्व भौतिक जीवनमा आधारित छ । यो ठूलाठूला मगर गाउँमा एक हप्तासम्म मनाउने प्रचलन भए तापनि समय परिवर्तनसँगै २÷३ दिनसम्म मनाउने गरिन्छ । खासगरी यो पर्व हिउँदे अनिकाल र उँधेउली जीवन पार गरी खुशीयालीका साथ बाँच्न पाउने परिकल्पनासहित हराभरा उभेउली जीवनमा प्रवेश गरेको खुशीयाली एवम् उत्सवको रुपमा माघे संक्रान्ति मनाइन्छ । यस चार्डमा खासगरी धनुष वाण खेल्ने, छेलो हान्ने, वनको तरुल भ्याकुर र माछा मासु बनाइ खाने, मासको दाल भारत र नून एकै ठाउँमा पकाइ खिचडी बनाउने, खिचडी पितृ पिण्डो दिने, छोरी चेलीबेटी, इष्टमित्रहरुलाई बोलाउने र मिठो चोखो खाने परम्परा छ । यो पर्वले आदिम कवियाली, शिकारी जीवनको समेत झझल्को दिने मानव इतिहासमा पहिलो इतिहास धनुष वाण चलाउने, तारा हान्ने प्रतिस्पर्धा गरी रमाइलो इतिहासको सम्झना गर्ने र गराउने ऐतिहासिक पर्व हो ।
माघे संक्रान्ति बसन्त ऋतु, हराभरा नयाँ पालुवाको जीवन सुरु हुने खुशीयाली एवम् उत्सवको मनोवैज्ञानिक जीवनको नयाँ अनुभूति दिने पर्व हो । मगर जाति एक सांस्कृतिक एवम् मनोवैज्ञानिक जीव रुचाउने जाति हो । नेपाल सरकार एवम् गणतन्त्र नेपालको मन्त्रिपरिषद्द्वारा मिति २०६५÷०९÷२३ मा भएको निर्णय ‘माघे संक्रान्ति’ मगर जातिको नि राष्ट्रिय पर्व हुने भनी घोषणा गरेकोले परम्परागत ढङ्गले परापूर्वकालदेखि मान्दै आएको चार्ड सरकारीतर्फबाट मानी मान्यता प्राप्त भएपछि मगर जातिलाई एकताको मालामा हुने पर्वको रुपमा माघे संक्रान्तिलाई लिइन्छ । मगर जातिको अभिभावक संघ नेपाल मगर संघ लगायत भ्रातृ संघसंस्थाको निरन्तर अथक संघर्षको कारण मगर जातिको अस्तित्व र पहिचानको प्रतिक, मगर संस्कृति, माघे संक्रान्तिको मगर जातिलाई राजकीय सम्मान दिएको छ । मगर जातिको अस्तित्व र पहिचानको प्रतिक माघे संक्रान्ति माघी पर्व भव्यताका साथ मनाऔं । सम्पूर्ण स्वाभिमानी र पौरखी मगरहरु एकताको समृद्धिको अधिकार र राजनीतिक एवम् संस्कृतिक अधिकारको लागि सम्पूर्ण मगरहरु एकढिक्का भएर आफ्नो पुर्खा र पौरखको सम्मान गरौं स्वाभिमानीपूर्ण इतिहासको रक्षा गरौं देशमा स्थायी शान्तिको कमना गरौं ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१