प्रदेशको निर्वाचन कार्यालय दाङमा हुनु स्वागत योग्य

आउँदो माघ २४ गते हुन लागि रहेको राष्ट्रिय सभा निर्वाचनका लागि पाँच नम्वर प्रदेशको निर्वाचन कार्यालय दाङमा खुलेको छ । दाङ देउखुरी जिल्ला अदालतबाटै राष्ट्रियसभाको निर्वाचन सम्बन्धी कामकाज गर्ने गरी निर्वाचन आयोगले दाङमा कार्यालय खोलेको हो । दाङमा निर्वाचन कार्यालय खोलिनुलाई चौतर्फी स्वागत गरिएको छ । प्रदेशको बीचोबीच भागमा रहेको दाङमा यस्तो कार्यालय खोलिनु सबैका लागि उत्तम छ । प्रदेश नम्वर ५ अन्तगर्तका १२ वटै जिल्लालाई पायक पर्ने दाङमा जुन जिल्लाबाट आएपनि बराबरी जसो दुरी पर्दछ । यस हिसाबले पनि निर्वाचन आयोगले प्रदेशको निर्वाचन कार्यालय दाङमा खोलेको हो । दाङमै उच्च अदालत, प्रहरीको प्रदेश कार्यालय पनि छन् । प्रदेशस्तरीय राज्यका सबै कार्यालयहरु दाङमै सञ्चालन हुनु अत्यन्त लाभदायक छ । दाङ प्रदेशको राजधानीका लागि सबै भन्दा योग्य जिल्लामा गनिन्छ । सबैको मानसिकतामा दाङ राजधानी हुन्छ भन्ने नै छ । तसर्थ दाङमा प्रदेशको निर्वाचन कार्यालय खोलिएको विषयलाई दाङबासीले महत्वका साथ हेर्नुपर्छ । निर्वाचनकाक्रममा प्रदेशका सबै जिल्लाका सांसद,जनप्रतिनिधिहरु माघ २४ गते दाङमा आउनेछन् । राष्ट्रियसभामा मतदाताकारुपमा आउने जनप्रतिनिधि र प्रदेश सांसदहरुलाई मन खोलेर स्वागत सम्मान गर्ने सवालमा यहाँका सरोकारवाला निकायले विशेषरुपमा ध्यान दिनुपर्छ । यसका साथै यस अबधिमा बजार, टोलहरु सरसफाईयुक्त बनाउने कुराहरुमा पनि ध्यान दिइनुपर्छ । सडक र पुल निर्माण कार्यलाई द्रुतगतिमा अगाडि बढाइनुपर्छ । अतिथि सत्कारका लागि विशेष गरी होटल व्यवसायीहरुले … Continue reading प्रदेशको निर्वाचन कार्यालय दाङमा हुनु स्वागत योग्य