दाङमा हुन लागेको राष्ट्रिय फूटबलको तयारी पूरा
दाङ, पौष ३० । दाङमा ३३ वर्षपछि हुन गइरहेको राष्ट्रिय फूटबल प्रतियोगिताको तयारी पूरा भएको छ। आगामी माघ २ गतेदेखि ६ गतेसम्म दाङमा २८औं राष्ट्रिय फूटबल प्रतियोगिता हुँदैछ। दाङमा पहिलोपटक २०४१ सालमा महिला राष्ट्रिय फूटबल प्रतियोगिता भएको थियो । त्यसको ३३ वर्षपछि यसपटक भने पुरुष राष्ट्रिय फूटबल प्रतियोगिता हुन लागेको हुँदा यसलाई महत्वका साथ हेरिएको छ। दाङ जिल्ला फूटबल महासंघका अध्यक्ष सुशील श्रेष्ठले मञ्च व्यवस्थापनको काम केही बाँकी रहेपनि लगभग अन्य सबै तयारी पूरा भएको बताए । राष्ट्रिय प्रतियोगिताको लागि अरनिको मैदान सम्याउने, ट्याङ्करबाट पानी राखेर घाँस उहार्ने, फूटबल कोर्ड र गोलपोष्ट निर्माणजस्ता अन्य प्राविधिक काम पूरा भएको अध्यक्ष श्रेष्ठले बताए। दाङमा माघ २ गतेदेखि सुरू हुने राष्ट्रिय प्रतियोगिताको उद्घाटन तुलसीपुरको अरनिको मैदानमै हुनेछ। प्रतियोगितामा देशका पाँच विकास क्षेत्रबाट एकरएक टोली र तीनवटा विभागीय टोली गरी कूल आठ टिमका बीचमा प्रतिस्पर्धा हुनेछ। विभागीय टिममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीको एक(एक टोली रहने अध्यक्ष श्रेष्ठले बताए। प्रतियोगिताको लागि सबै खेलाडीहरू दाङ आइसकेको अध्यक्ष श्रेष्ठले बताए। प्रतियोगिताको उद्घाटन माघ २ गते तुलसीपुरको अरनिको मैदानमा हुने भएपनि समापन भने घोराहीको भरतपुर मैदानमा गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए। उनले तीनवटा खेल तुलसीपुरको अरनिको मैदानमा र पाँच खेल घोराहीस्थित भरतपुर मैदानमा खेलाउने गरि तयारी गरिएको जानकारी दिए। यसैबीच मध्यपश्चिमको टिममा दाङका सातजना … Continue reading दाङमा हुन लागेको राष्ट्रिय फूटबलको तयारी पूरा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed