दाङमा हुन लागेको राष्ट्रिय फूटबलको तयारी पूरा
त्यसको ३३ वर्षपछि यसपटक भने पुरुष राष्ट्रिय फूटबल प्रतियोगिता हुन लागेको हुँदा यसलाई महत्वका साथ हेरिएको छ। दाङ जिल्ला फूटबल महासंघका अध्यक्ष सुशील श्रेष्ठले मञ्च व्यवस्थापनको काम केही बाँकी रहेपनि लगभग अन्य सबै तयारी पूरा भएको बताए ।
राष्ट्रिय प्रतियोगिताको लागि अरनिको मैदान सम्याउने, ट्याङ्करबाट पानी राखेर घाँस उहार्ने, फूटबल कोर्ड र गोलपोष्ट निर्माणजस्ता अन्य प्राविधिक काम पूरा भएको अध्यक्ष श्रेष्ठले बताए।
दाङमा माघ २ गतेदेखि सुरू हुने राष्ट्रिय प्रतियोगिताको उद्घाटन तुलसीपुरको अरनिको मैदानमै हुनेछ। प्रतियोगितामा देशका पाँच विकास क्षेत्रबाट एकरएक टोली र तीनवटा विभागीय टोली गरी कूल आठ टिमका बीचमा प्रतिस्पर्धा हुनेछ। विभागीय टिममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीको एक(एक टोली रहने अध्यक्ष श्रेष्ठले बताए।
प्रतियोगिताको लागि सबै खेलाडीहरू दाङ आइसकेको अध्यक्ष श्रेष्ठले बताए। प्रतियोगिताको उद्घाटन माघ २ गते तुलसीपुरको अरनिको मैदानमा हुने भएपनि समापन भने घोराहीको भरतपुर मैदानमा गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए। उनले तीनवटा खेल तुलसीपुरको अरनिको मैदानमा र पाँच खेल घोराहीस्थित भरतपुर मैदानमा खेलाउने गरि तयारी गरिएको जानकारी दिए।
यसैबीच मध्यपश्चिमको टिममा दाङका सातजना पर्न सफल भएका छन्। कोहलपुरमा भएको क्षेत्रीय छनोटबाट मध्यपश्चिममा दाङ सबैभन्दा हावी भएको छ। विनोद केसी, विजय जिएम, जनक बुढा, नविन खत्री, सुरेश बुढा मगर, हेमराज रावत, र रविन बुढा क्षेत्रीय सिलेक्सनवाट राष्ट्रिय प्रतियोगिताको लागि छनोटमा परेको अध्यक्ष श्रेष्ठले बताए ।
आइतबार अरनिको मैदानमा खोकोको क्षेत्रीय सेलेक्सन हुँदैछ । बर्दिया र दाङका बीचमा सेलेक्सन भएपछि खोकोको पनि राष्ट्रिय खेलाडी छनोट गरिने श्रेष्ठले जानकारी दिए ।



Leave a comment