ताजा अपडेट

सामाजिक परिचालकको पेशागत सुरक्षाका लागि ध्यानाकर्षण पत्र बुझाइयो

          |   26 Views   |   Published Date : 14th January 2018 |

bimal-660x330

  दाङ, पुस ३० । करिव आठ वर्षदेखि स्थानीय तहमा कार्यरत सामाजिक परिचालकहरुले आफ्नो पेशागत सुरक्षाका लागि सरकार समक्ष ध्यानाकर्षण पत्र बुझाएका छन् । सामाजिक परिचालक हकहित संरक्षण केन्द्र नेपालको निर्देशन अनुसार दाङलगायत देशभरका जिल्ला प्रशासन र जिल्ला समन्वय समितिमार्फत् आफ्नो पेशागत माग समेटिएको ध्यानाकर्षण पत्र बुझाइएको हो ।

समितिका अध्यक्ष बिमल योगी र केन्द्रीय उपाध्यक्ष कमला चन्दको नेतृत्वमा पुगेको टोलीले २०६६ सालदेखि सामाजिक परिचालकको रुपमा काम गरिरहेका सामाजिक परिचालकलाई पुस १७ गते विना कारण अवकास दिइएको भन्दै राज्य मन्त्री स्तरमा गरिएको निर्णय खारेज गरी तत्काल सेवामा पुनःस्थापित गर्न माग गरेका छन् ।

स्थानीय तहमा ३६ हजार कर्मचारी आवश्यक भइरहेको अवस्थामा सबै काममा दक्षता हासिल गरेका सामाजिक परिचालकको योगदानलाई अवमुल्यन नगर्न आग्रह गरेका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले सामाजिक परिचालकको माग जायज रहेको भन्दै सेवामा निरन्तरताका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले बिगतमा जनप्रतिनिधि नभएको अवस्थामा महत्वपूर्ण भुमिका खेलेका सामाजिक परिचालकलाई आवश्यक प्रक्रिया पु¥याएर काममा निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै उपप्रमुख श्रीधर पौडेलले सामाजिक परिचालकको समस्याका विषयमा स्थानीय तहका प्रमुखहरुसँग छलफल गरिने भन्दै निरन्तर सम्पर्कमा रहन सुझाव दिनुभयो । यस्तै ध्यानाकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद आचार्यले निकै कम पारिश्रमिकमा काम गरेका अनुभवी सामाजिक परिचालकको माग सकारात्मक रहेको भन्दै तत्काल सम्बन्धी निकायमा पठाउने बताउनुभयो ।

यसैबीच सामाजिक परिचालक हकहित संरक्षण केन्द्र प्यूठानले पनि आइतबार मन्त्रालयमा ध्यानाकर्षणपत्र बुझाएको छ । उता माग पुरा गराउन दवावका लागि काठमाडौँको माइती मण्डलामा आइतबारदेखि अनिश्चितकालिन धर्ना दिन थालिएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१