ताजा अपडेट

शेरबहादुर देउवाले सरकार लम्बाएर लोकतन्त्रको मर्ममा प्रहार ग¥यो–पोख्रेल

          |   34 Views   |   Published Date : 14th January 2018 |

shankar-pokhrel-660x330

दाङ, पुस २९ । प्रदेश नं. ५ का प्रस्तावित मुख्यमन्त्री शंकर पोख्रेलले शेरबहादुर देउवाले सरकार लम्बाएर लोकतन्त्रको मर्ममा प्रहार गरेको बताउनुभएको छ । सरकारले काम पनि नगर्ने र सत्ता पनि नछोड्न नमान्ने गरेको भन्दै नेता पोख्रेलले जनादेशको अबमुल्यन गरेको टिप्पणी गर्नुभयो ।

नेपाल राष्ट्रिय वाणिज्य संघ र नेपाल उद्योग व्यापार संगठन दाङले घोराहीमा गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहनुभएका पोख्रेलले अहिलेको सरकारले प्रदेश राजधानीको अस्थायी मुकाम तोक्न नसकेको, प्रदेशको प्रशासनिक प्रमुख नियुक्त गर्न नसकेको, सपथ ग्रहण कसले गराउने भन्ने टुंगो लगाउन नसकेको बताउनुभयो ।


‘गर्नुपर्ने काम केहि पनि गर्न नसक्ने, तर सत्ता पनि छोड्ने नमान्ने अहिलेको सरकारको जुन चरित्र छ त्यो जनादेशलाई नमान्ने, लोकतन्त्रलाई नमान्ने चरित्र हो’, पोख्रेलले भन्नुभयो, ‘मुलुकलाई अनिर्णयको बन्दी बनाएर जनताले निर्वाचन गरेका प्रतिनिधिहरुलाई सरकारले चिन्न सकेन ।’ संसारका कुनै पनि संसदिय मुलुकहरु जनादेश आएको एक मिनेट पनि सत्तामा बसेको ईतिहास नभएको भन्दै नेपाली काँग्रेस सत्ता बाहिर बस्न नचाहने पार्टी भएको बताउनुभयो । २०६४ सालको स्मरण गर्दै नेता पोख्रेलले गिरिजाप्रसाद कोइरालाले पनि तीन महिनासम्म सत्ता नछाडेको बताउनुभयो ।
नेकपा एमाले र नेकपा माओवादी बीचमा हुन थालेको एकतालाई भाँड्न नियोजित रुपमा हल्ला र बहस चलाइएको प्रष्ट पार्दै नेता पोख्रेलले पार्टी एकता भावनामा डुबेर भन्दा पनि विधि र प्रक्रियाको आधारमा हुने बताउनुभयो । प्रदेश राजधानीका विषयमा बोल्ने नेता पोख्रेलले विकासको आधार नै प्रदेश भएको बताउनुभयो । प्रदेश राजधानीका लागि बनाइएको सम्भाव्यता अध्ययन रिपोर्ट मध्य सबै भन्दा राम्रो रिपोर्ट दाङको रहेको भन्दै बेलझुण्डीमा रहेको भवनलाई आधार मानेर राजधानी बनाउँदा सबै भन्दा कम खर्चमा व्यवस्थापन गर्न सकिने उहाँको भनाई रहेको थियो ।

अस्थायी राजधानी दाङ तोकिएर स्थायी बनाउने जिम्मेवारी आफ्नो रहेको नेता पोख्रेलले बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले निर्वाचनको समयमा जनताको अगाडि पेस गरिएको योजनाहरु एक वर्षभित्रमा सुरुवात गर्ने बताउनुभयो । आफ्नो निर्वाचन क्षेत्रमा ३ देखि ४ हजारको बीचमा रहेका खरका छानोहरुलाई हटाएर टिनको छानो बनाउने योजना एक वर्ष भित्रै सुरु हुने उहाँको भनाई छ ।
नेपाल राष्ट्रिय वाणिज्य संघका अध्यक्ष जीतबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका प्रदेश सभा र प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका नेताहरुलाई स्वागत तथा बधाई ज्ञापन गरिएको थियो । नेपाल उद्योग व्यापार संगठनका अध्यक्ष नरबहादुर अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण घनश्याम अधिकारीले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१