ताजा अपडेट

रोट्रयाक कप फुटसलको उपाधी मारीलाई

          |   28 Views   |   Published Date : 14th January 2018 |

IMG_0175

लक्ष्मण बस्नेत दाङ, पुस २९ । रोट्रयाक कप फुटसल प्रतियोगिताको उपाधी क्याम्पस अफ लाइभ साइन्सेस् मारी तुलसीपुरले हात पारेकोे छ । रोट्रयाक क्लव अफ तुलसीपुर सिटीको आयोजनामा सञ्चालित प्रतियोगिताको फाइनलमा तुलसीपुर बैंकर्स एशोसियशनलाई सुन्यका बिरुद्ध ५ गोलको फराकिलो अन्तरले पराजित गर्दै मारीले उपाधी चुमेको हो ।


उपाधीसँगै मारीले नगद १८ हजार, ट्रफी तथा प्रमाणपत्र हात पारेको छ । फाइनलमा पराजित बैंकर्सले भने उपविजेतामा चित्त बुझाउँदै नगद १० पुरस्कार तथा प्रमाणपत्र हात पा¥यो । निकै सशक्त र सानदार प्रदर्शन गरेको मारीका तर्फबाट खेलको पहिलो हाफमा नुवाङ्ग राईले २ र अनुप तिवारीले १ गोल गर्र्दै टिमलाई अग्रता दिलाउनुभयो ।


त्यस्तै दोस्रो हाफमा अनुप तिवारीले थप १ र गोरख रानाभाटले १ गोल गर्र्दै आफ्नो टिमलाई सुन्यका बिरुद्ध ५ गोलको जीत निकाल्न सफल भनुभयो । मारीका अगाडि फितलो प्रदर्शन गरेको बैंकर्सले भने निर्धारित समयसम्म कुनै गोल गर्न सकेन ।
एक दिने प्रतियोगितामा डिजिटल कम्प्युटर तुलसीपुर, ईलेक्ट्रोनिक एक मोवाइल एसोशियसन, रोट्रयाक क्लव अफ तुलसीपुर सिटी, तुलसीपुर बंैकर्स अफ एशोसियशन, क्याम्पस अफ लाइभ साइन्सेस् मारी, तुलसीपुर नगर जेसीज गरी जम्मा ६ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिता संयोजक सुरज जंग राइमाझीको अध्यक्षता तथा रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष तुफानबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठ, रोटरी ईन्टरनेशनल जोन १८ का असिस्टेन्ट गभर्नर कुशल तर्ताल, दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठ, तुलसीपुर नगर जेसीजका अध्यक्ष दिपेश भण्डारी, खेलकुद पत्रकार मञ्च दाङका अध्यक्ष लक्ष्मण बस्नेत, तुलसीपुर उद्योग वाणिज्य संघका सहकोषाध्यक्ष देवबहादुर केसीलगायतकाले बोल्नुभएको थियो ।
रोट्रयाक क्लव अफ तुलसीपुर सिटीका सचिव कमल डाँगीले सञ्चालन गरेको कार्यक्रम समापन समारोहमा विजेता, उपविजेता टिम तथा खेलाडीलाई कार्यक्रमका अतिथिहरुले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१