ताजा अपडेट

राष्ट्रियसभा निर्वाचनका लागि आउने प्रदेशभरका अतिथीलाई यसरी हुँदैछ दाङमा स्वागत

          |   186 Views   |   Published Date : 14th January 2018 |

 

26794208_835537919964614_1380658490_n

दाङ, पौष ३० । आगामी माघ २४ गते दाङमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान गर्न आउने प्रदेश नं. पाँचका सम्पुर्ण नेता तथा जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरिने भएको छ ।

प्रदेश नं. ५ का १२ जिल्लाका नगरपालिका, गाउँपालिकाका प्रमुख, उपप्रमुख, समन्वय समितिका प्रमुख तथा उपप्रमुख सहित सांसदहरु निर्वाचनका लागि दाङ आएको समयमा एक कार्यक्रमका विच स्वागत तथा सम्मान गरिने भएको हो ।

अतिथीहरुको स्वागत सत्कारको कार्यक्रमलाई व्यवस्थीत बनाउनका लागि घोराहीमा सर्वपक्षिय छलफल समेत भएको छ । दाङ जिल्ला उद्योग बाणिज्य संघ र नेपाल पत्रकार महासंघ दाङको पहलमा जिल्लाका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरु सहित भएको छलफलमा मतदान गर्न आउने अतिथीहरुलाई दाङमा स्वागत तथा सम्मान गर्ने निर्णय भएको छ ।

घोराही बजारको व्यवस्थापन, सडक सरसफाई, प्रत्येक पसल तथा घर अगाडी सरसफाईको साथै खडा र गमलाहरु राख्ने, पानीहरु छर्किने, ब्यानरहरु बनाउने विषयमा छलफल भएको छ । यस्तै होटलहरु सरसफाई गर्ने, अतिथीहरुलाई आबस्यकता अनुसारको परिकार र बस्ने बासको व्यवस्थापन गर्ने र दाङको परिचय झल्किने मायाको चिनो प्रदान गर्ने लगाएको विषयमा छलफल भएको छ ।

जिल्ला स्थित सम्पुर्ण सामाजिक संघसस्था, सरकारी तथा गैरसरकारी निकायहरुको अग्रसरतामा जिल्लामा आउने सम्पुर्ण नेता तथा जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गर्नका लागि कार्यक्रम आयोजना गरिने भएको छ ।

उद्योग बाणिज्य संघका अध्यक्ष नारायण प्रसाद भुषालको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको छलफल कार्यक्रममा बोल्दै प्रमुख अतिथीले दाङलाई राजधानी बनाउनका लागि सम्पुर्ण नेताहरुको ध्यान तान्ने गरी दंगालीहरुले सभ्यता प्रस्तुत गर्नुपर्ने बताउनुभयो । त्यसको लागि विभिन्न निकायहरुले आआफ्नो क्षेत्रबाट जिम्मेवारी लिएर काम गर्न सुझाव समेत दिनुभयो ।

 

कार्यक्रममा घोराही उपमहानगरपालिकाका उपमेयर सिता न्यौपाने, वडा अध्यक्ष शक्तिराम डाँगी, उद्योग बाणिज्य संघका निर्बतमान अध्यक्ष हेमराज बन्जाडे, होटल व्यवसायी समितिका अध्यक्ष रुद्र डाँगी, त्रिभुवननगर जेसिजका पुर्वअध्यक्ष रजिफउल्लाह खान लगाएतले बोल्नु भएको थियो । नागरिक समाज दाङका सचिब चन्द्रराज पन्तको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१