ताजा अपडेट

प्रदेशको निर्वाचन कार्यालय दाङमा हुनु स्वागत योग्य

          |   233 Views   |   Published Date : 14th January 2018 |

23231424_504399926595663_6218523791795350865_n

आउँदो माघ २४ गते हुन लागि रहेको राष्ट्रिय सभा निर्वाचनका लागि पाँच नम्वर प्रदेशको निर्वाचन कार्यालय दाङमा खुलेको छ ।

दाङ देउखुरी जिल्ला अदालतबाटै राष्ट्रियसभाको निर्वाचन सम्बन्धी कामकाज गर्ने गरी निर्वाचन आयोगले दाङमा कार्यालय खोलेको हो । दाङमा निर्वाचन कार्यालय खोलिनुलाई चौतर्फी स्वागत गरिएको छ । प्रदेशको बीचोबीच भागमा रहेको दाङमा यस्तो कार्यालय खोलिनु सबैका लागि उत्तम छ । प्रदेश नम्वर ५ अन्तगर्तका १२ वटै जिल्लालाई पायक पर्ने दाङमा जुन जिल्लाबाट आएपनि बराबरी जसो दुरी पर्दछ ।

यस हिसाबले पनि निर्वाचन आयोगले प्रदेशको निर्वाचन कार्यालय दाङमा खोलेको हो । दाङमै उच्च अदालत, प्रहरीको प्रदेश कार्यालय पनि छन् । प्रदेशस्तरीय राज्यका सबै कार्यालयहरु दाङमै सञ्चालन हुनु अत्यन्त लाभदायक छ ।

दाङ प्रदेशको राजधानीका लागि सबै भन्दा योग्य जिल्लामा गनिन्छ । सबैको मानसिकतामा दाङ राजधानी हुन्छ भन्ने नै छ । तसर्थ दाङमा प्रदेशको निर्वाचन कार्यालय खोलिएको विषयलाई दाङबासीले महत्वका साथ हेर्नुपर्छ । निर्वाचनकाक्रममा प्रदेशका सबै जिल्लाका सांसद,जनप्रतिनिधिहरु माघ २४ गते दाङमा आउनेछन् ।

राष्ट्रियसभामा मतदाताकारुपमा आउने जनप्रतिनिधि र प्रदेश सांसदहरुलाई मन खोलेर स्वागत सम्मान गर्ने सवालमा यहाँका सरोकारवाला निकायले विशेषरुपमा ध्यान दिनुपर्छ ।

यसका साथै यस अबधिमा बजार, टोलहरु सरसफाईयुक्त बनाउने कुराहरुमा पनि ध्यान दिइनुपर्छ । सडक र पुल निर्माण कार्यलाई द्रुतगतिमा अगाडि बढाइनुपर्छ । अतिथि सत्कारका लागि विशेष गरी होटल व्यवसायीहरुले पाहुनाहरुलाई राम्रो तरिकाले खातिदार गर्नुपर्छ । सञ्चार माध्यमहरुमा पनि सबै पाहुनाहरुलाई उच्च स्थान दिएर उनीहरुलाई दाङ प्रति नतमष्तक बन्ने सवालमा भूमिका खेल्नुपर्छ । नागरिक समाजले पाहुनाहरुलाई विशेष अभिनन्दन गर्ने सवालमा ध्यान दिनुपर्छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१