ताजा अपडेट

पश्चिम दाङको विकासका लागि लागिपर्छु–केसी

          |   33 Views   |   Published Date : 14th January 2018 |

rotary

तुलसीपुर, पुस २९ । दाङ क्षेत्रनम्वर ३ का सांसद हिराचन्द्र केसीले समाजसेवाको क्षेत्रमा रोटरीले गरेको कामको प्रशंसा गर्नुभएको छ । रोटरी क्लव अफ तुलसीपुर सिटीले आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रममा बोल्दै केसीले शिक्षा र स्वास्थ्य क्षेत्रमा रोटरीले गरेको कामले आपूm प्रभावित भएको बताउनुभएको हो ।


विकासबाट पछाडि पारिएको पश्चिम दाङको विकासका लागि आफूले योजना बनाएको भन्दै सांसद केसीले आफ्नो कार्यमा सहयोग र खबरदारी गर्न आग्रह गर्नुभयो । आफूले सडक सञ्जाल विस्तारलाई प्राथमिकतामा राखेको भन्दै केसीले भन्नुभयो, ‘सडकले विकासको सम्भावना बोक्ने भएकाले विकासको पहिलो सर्त सडक हो । यो कुरालाई मध्यनजर गर्दै सडक सञ्जाल बिस्तारलाई प्राथमितामा राखेको छु ।’


निर्वाचनमा जे जति बिमति भए पनि अब सबै दलका नेताहरु एकजुट भएर विकासमा लाग्नुपर्ने उहाँको भनाई थियो । प्रकृतिले समृद्ध बनाएको ठाउँलाई विकास गर्न नसक्दा अभिशाप भएको बिडम्वना समेत उहाँले बताउनुभयो । सांसद केसीलाई क्लवका पूर्व अध्यक्ष अनुपकुमार श्रेष्ठले स्वागत तथा सम्मान गर्नुभएको थियो ।
रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष तुफानबाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती समाचार दैनिकका सम्पादक वसन्त विवश आचार्यले सम्मानित व्यक्तित्वका बारेमा जानकारी गराउनुभएको थियो । क्लवका पूर्व अध्यक्ष विमल रिजालले स्वागत गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष वीरबहादुर रावतले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा क्लवका पूर्व अध्यक्ष विजय केसीले रोटरी र रोटरी क्लव अफ तुलसीपुर सिटीले विगतमा गरेका कामका बारेमा जानकारी गराउनुभएको थियो, भने कार्यक्रमको सञ्चालन महासचिव सन्दिपन रिजालले गर्नुभएको थियो । कार्यक्रममा इन्ट्रयाक्ट क्लव अफ गोरखा स्कुलका विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१