ताजा अपडेट

थारु समुदायको ठूलो पर्व माघी सुरु

          |   14 Views   |   Published Date : 14th January 2018 |

maghi-660x330

दाङ, पुस ३० । थारु समुदायको ठूलो पर्व माघी सुरु भएको छ । माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । यो पर्वका अबसरमा थारु समुदाय गाउँका महतवाको घरमा जम्मा भएर वर्ष भरिको योजना बनाउने परम्परा रहेको छ ।

माघिको आन्तरिक तयारी एक हप्ता अघिबाट सुरु गरिए पनि माघिको अघिल्लो दिन पुस २९ गते मासुको जोहो गरेर औपचारिक रुपमा माघिको सुरुवात गर्ने गर्दछन् । उनीहरुले रातभर मघौटा र ढुम्रा गित गाएर मनाउने गर्छन । रातभर ढुम्रा गाएका थारु समुदाय विहान सबेर नजिकैको नदी तालमा पुगेर विधिअनुसार स्नान गरि घर फर्किने गर्छन् ।

स्नान गरेर घर फर्किएपछि उनीहरुले छोरी चेलीका लागि निसराउ तयार गर्दछन् । चामल, नुन, उर्द लगायतको एक प्रकारको कोसेलीलाई निसराउ भन्ने चलन छ । निसराउ तयारपछि ठुला बडासँग ढोग भेट गरि माघि मनाउने गरिएको हो । माघि पर्व बिशेष गरि दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारु समुदायले मनाउने गर्दछन् ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१