ताजा अपडेट

त्रिवि कुल सचिव उप्रेतीद्वारा महेन्द्र बहुमुखी क्याम्पसको अनुगमन

          |   173 Views   |   Published Date : 14th January 2018 |

13690623_680611265427740_248563331099300654_n

दाङ, पुस २९ । त्रिभुवन विश्व विद्यालयका कुल सचिव डिल्ली उप्रेती तथा त्रिवि केन्द्रीय क्याम्पस जुओलोजी बिभागका प्रमुख प्राध्यापक डा. लालु पौडेल तथा सह परीक्षा नियन्त्रक तिर्थ न्यौपानेले शनिबार महेन्द्र बहुमुखी क्याम्पस दाङको अनुगमन गर्नुभएको छ ।

अनुगमनका क्रममा दाङ आई पुग्नुभएका कुलसचिव उपे्रती तथा पौडेललाई क्याम्पस प्रमुख बिमल सुवेदी, सहायक क्याम्पस प्रमुखद्वय सुधिर पोख्रेल र सुदर्शन रिजाललगायतले स्वागत गर्दै क्याम्पस अनुगमनमा सहयोग गर्नुभएको थियो । सो अवसरमा क्याम्पस प्रमुख सुवेदीले क्याम्पसको भौतिक तथा आर्थिक अवस्था, विद्यार्थी तथा प्राध्यापक संख्या र क्याम्पसले बेहोरेका समस्या बारे जानकारी गराउनुभएको थियो ।


क्याम्पसमा आंशीक प्राध्यापकको समस्या सम्बोधन नहुँदा परेको अप्ठेरो लेखा अधिकृत नहँुदा परेको समस्या तथा क्याम्पसले आगामी वर्षदेखि सञ्चालन गर्न चाहेको बिबिए कक्षाका बारे जानकारी गराउनुभएको थियो । क्याम्पसको अवस्थाबारे जानकारी लिएपछि कुलसचिव उप्रेतीले अर्थले बजेटसहित आंशीक प्राध्यापकको समस्यालाई सम्बोधन गरे आंशीक प्राध्यापकको समस्या हल हुने जानकारी दिँदै अन्य कुरामा विश्व विद्यालयले सक्दो सम्बोधन गर्ने बताउनुभएको थियो ।
यसैबीच नेपाल प्रगतिशील प्राध्यापक संगठन महेन्द्र बहुमुखी क्याम्पस ईकाईले पनि शनिबार कुलसचिव डिल्ली उप्रेती, जुओलोजी विभाग प्रमुख प्रा.डा. लालु पौडेल तथा सह परीक्षा नियन्त्रक तिर्थ न्यौपानेलाई स्वागत गर्दै संगठनको अवस्था तथा समस्याका बारे अवगत गराएको छ ।

सो अवसरमा संगठनका केन्द्रीय सचिव प्राध्यापक डिलाराम भट्टराई, सल्लाहकार सह प्राध्यापक नारायण अधिकारी, पहलबहादुर डाँगी, क्षेत्रीय अध्यक्ष भरतराज न्यौपाने, ईकाई अध्यक्ष उप प्राध्यापक भरत न्यौपाने, सचिव सुदर्शन रिजाल जिल्ला अध्यक्ष नवराज सुवेदी, निवर्तमान अध्यक्ष श्याम आचार्य, कोषाध्यक्ष अम्विका डाँगी, माधव दाहाल, आंशीक प्राध्यापकहरु विष्णुमणि दाहाल र शोभाकान्त अधिकारीले क्याम्पसमा कार्यरत आंशीक प्राध्यापकको समस्या समाधानमा पहल गर्न कुलसचिव उप्रेतीलाई आग्रह गर्नुभएको थियो ।
कुल सचिव उप्रेतीले त्रिविले भोगेका समस्या अवगत गराउँदै आंशीक प्राध्यापकको समस्या समाधानको उपाय भनेकै अर्थमन्त्रालयको बजेटसहितको सम्बोधन भएको भन्दै यसमा सबै मिलेर पहल गर्नुपर्ने लबताउनुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१