ताजा अपडेट

जेसिजका नयाँ कार्यसमितिलाई स्वागत सम्मान

          |   252 Views   |   Published Date : 14th January 2018 |

दाङ, पौष ३० । त्रिभुवन नगर जेसिज घोराही दाङको नवनिर्वाचित कार्यसमितीलाई दाङ जिल्ला उद्योग बाणिज्य संघले स्वागत तथा सम्मान गरेको छ । संघले आफ्नो कार्यालयमै एक कार्यक्रमको आयोजना गरी अध्यक्ष लालमणि भण्डारी सहितको नयाँ कार्यसमितिलाई स्वागत तथा सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै जेसिजका अध्यक्ष भण्डारीले त्रिभुवन नगर जेसिजले सन् २०१८ मा सञ्चालन गर्ने कामहरुको बारेमा जानकारी दिदै उद्योग बाणिज्य संघ र जेसिज विचको सम्बन्ध सुमधुर रहदै आएको र आगामी दिनहरुमा पनि कार्यगत एकता र सहयोगको अपेक्षा गर्नुभएको थियो ।

कार्यक्रममा बोल्नै संघका अध्यक्ष नारायण भुषाले जेसिजले गरेका कामहरुको बारेमा प्रशंसा गर्दै विकास र सामाजिक परिवर्तनका लागि अभियानहरु सञ्चालन गर्न सुझाव दिदै ति अभियानहरुमा संघले सहयोग गर्ने बताउनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१