ताजा अपडेट

अविश्वासले आफूभित्रको शक्ति क्षीण गराउँछ

          |   51 Views   |   Published Date : 14th January 2018 |

Narayan-Parshad-Shrestha

  अन्धविश्वासले मानिसलाई आलस्य र क्षमताविहीन बनाउँछ । जहाँ आलश्यता हुन्छ त्यहाँ मानवीय सोच र चिन्तन साँघुरो घेरामा खुम्चिन पुग्छ । मानव अन्तरनिहीत क्षमता र शक्ति कमजोर हुन गई मानिस स्वयं गतिहीन छाडा प्रवृत्तितिर आकििर्षत हुन पुग्दछ ।

मनले संकल्प त राम्रो गर्छ तर ती संकल्पलाई साकार गर्न बनेको स्थुल शरीर कमजोर भई कर्मयोगको सन्तुलन नहुनाले उपलब्धी र शान्ति प्राप्त हुँदैन । क्षणिक आनन्दको अनुभूति बाहेक उत्साह उमंग र निश्चयमा अस्वाभाविक चिन्तन बढ्न गई जहाँ तही बाधा अवरोध देखा पर्ने स्थिति पैदा हुन्छ । शान्त र सद्भाव चाहने मनमा अराजकता उत्पन्न हुन गई कर्म र व्यवहार असन्तुलन हुन पुग्दछ । जिम्मेवारी कर्तव्यप्रति असमझदारी बढ्न गई दिन चर्यामा समेत अनियमितता देखापर्न शुरु गर्दछ ।

मानसिक उर्जाको अपव्यय भई मनमा ग्लानी र पीडा बोध महशुस हुन थाल्दछ । जसको फलस्वरुप मानिस आफूले आफैलाई धिकार्ने अवस्था सिर्जना हुन पुग्दछ । तसर्थ अन्धविश्वासले ल्याउने परिणतीको आंकलन गरी भविष्यमा यसबाट उत्पन्न हुने खतराप्रति समयमै सबै सजग हुनुपर्दछ । क्रोध रुपी अग्नीमा प्रवेश गर्नुभन्दा पहिलै आफूभित्रको गलत चिन्तनलाई हटाउन सधै सावधानीपूर्वक कर्म र व्यवहार गर्नुपर्दछ ।

शारीरिक र मानिसक रुपले आफूलाई धैर्य र साहसिक बनाई कार्यप्रति तत्परता राख्ने विचार वान योग्य र समर्थवाण सम्झेर प्रस्तुत गर्ने अभ्यास गर्नुपर्दछ । विश्वासयोग्य आचरण र व्यवहारलाई आत्मसात गर्ने क्षमता बृद्धि गर्नुपर्दछ । परीक्षामा केवल उत्तीर्ण हुने अभिलाषा मात्र नराखी प्रथम हुने दृढ संकल्प गरेर उत्साह र निश्चयका साथ आफूलाई प्रस्तुत गर्नुपर्दछ ।

पूर्खाको जीवन दर्शनले सिकायको उचित गन्तव्य समातेर जे हुन्छ म बाटै हुन्छ अरुले गरेर आफूलाई के हुन सक्छ भनि विचारलाई अरुको सेवा सत्कारप्रति समर्पण रहने भाव जागृत गर्नुपर्दछ । बाह्य आवरण र दृष्टिमा होइन अन्तर हृदयभित्रको पवित्रताले उजागर गर्न चाहेको मार्गलाई सफा गरिरहनु पर्दछ । वर्तमानलाई प्राथमकता दिई तनावमुक्त वातावरणमा आफूलाई प्रस्तुत गर्नुपर्दछ । अस्वाभाविक र अप्राकृतिक तामसी विधि छोडेर अन्तर मनमा भएको इच्छाशक्तिलाई प्रवल गराई निन्द्रा, भय र अन्धविश्वासलाई जरैदेखि उखेल्ने आचरण र व्यवहार गर्नुपर्दछ । संकल्परत मानसिक दृढता बढाई मनभित्र उत्पन्न हुन सक्ने अवाञ्छित विचारलाई हटाउनु पर्दछ ।
मनमा अनवरत रुपले उत्पन्न हुने विचारलाई तनावमुक्त बनाउने संकल्प गर्नुपर्दछ । मोह र प्राप्तीको अभिलाषा राखी उत्पन्न हुने स्वार्थ परक विचारलाई बुद्धि र विवेक रुपी चिन्तनबाट हटाई सर्व गुण समपन्न भाव जगाउनु पर्दछ । इमान्दारीपूर्वक लगनशील भई समयको गतिसँगै आउने उपलब्धीलाई क्षणिक वासनाबाट प्रभावित हुनबाट बचाई मनलाई टाढै राखी संयम र धैर्यपूर्वक परिस्थितिको आंकलन गर्ने क्षमता बृद्धि गर्नुपर्दछ ।

क्षणिक वासनाबाट प्रभावित हुने आशक्ति प्रवृतिलाई ज्ञान अग्नीबाट भष्म गराई परिस्थिति जस्तो सुकै कठिन किन नहोस् मनबाट उत्पन्न हुने विचारको कारक तत्व म स्वयं हुँ भनि विचारलाई परिस्कृत गर्ने विवेक रुपी माला पहिरने तर्फ आफू सधै तत्पर रहिरहनुपर्दछ । आफूभित्रको चेतन शक्ति जसले हामीलाई हाम्रो ढुंगारुपी जीवन शक्तिलाई एक किनारबाट अर्को किनारमा लैजाने निर्देशन गरेको छ ।

त्यस बीचमा केही व्यवधान भए पनि त्यसलाई सहज रुपले समाधान गर्दे आफूलाई निश्चित स्थानमा पु¥याउने असल इच्छा मजबुद बनाउनुपर्दछ । जसले हामीलाई बढी सताउँछ यदि त्यसलाई प्राथमिकता दिई त्यसैप्रति दृष्टि र ध्यान दिने हो भने त्यसले हामीलाई झन् पीडाबोध गराउँछ । यो सत्यलाई कदापी भुल्नु हुँदैन ।

अनावश्यक कुरालाई मनमा उठाएर यस्तो भनि यो गर्दा हुन्छ कि त्यो गर्दा हुन्छ कि भनि मनलाई भट्काउनुभन्दा आफ्नो वास्तविकसँग परिचय हुनेतर्फ ध्यान केन्द्रीत गर्नुपर्दछ । सोृच र चिन्तलाई एकाग्र बनाई चित्त शुद्धि करणगर्ने तर्फ मन, बुद्धि र विवेकलाई प्रयोग गर्ने दृढता राख्नु पर्दछ ।

सकारात्मक सोचलाई दोहो¥याई विचारमा मन्थन गर्दा प्राप्त हुने उपलब्धी जति स्वच्छ र पवित्र हुन्छ माया र मोहले बसीकरण गर्न सक्दैन । त्यसरी नै जीवनरुपी डुङ्गालाई दिनको सूर्यले देखाएको उज्यालो झै वर्तमानलाई उज्यालो दिशामा अग्रसर गराउने विश्वास योग्य सोच बढाउनुपर्दछ । यसले मनमा उत्पन्न हुने आलश्य र अहंकारी सोचलाई हटाउन मद्दत गर्दछ । त्यसैले सोच र चिन्तनमा र व्यवहारमा आफूलाई सुयोग्य बनाउने कर्मतर्फ आफूलई आकर्षित गरिरहनु पर्दछ ।
अन्धविश्वासबाट होइन यथार्थ सत्यलाई स्वीकार्ने मानसिकता बढाउनु पर्दछ । जसरी फलाम आफै नष्ट हुँदैन केवल उसलाई उसकै खियाले समाप्त गर्दछ । त्यस्तै मनुष्य जाति पनि अरुले होइन आफैभित्र उत्पन्न विकारले नष्ट गर्दै लैजान्छ । त्यसैले यो हुनै नसक्ने कुरा मैले किन सोचिरहेको छु के अध्याँरोमा तिर हान्ने निशाना लगाउन सम्भव छ भनि जीवन चर्यालाई परिवर्तन गर्न सक्नुपर्दछ ।

त्यसैले सदैव सत्य र विश्वास योग्य विचारलाई अगाडि बढाऊ । मनमा उत्पन्न हुने क्षणिक वासना प्राप्ती अभिलाषामा निर्लिप्त नभई मनलाई क्रोध, इश्र्या र अहंकार राख्ने फोहोराको डिब्बा नबनाऊ । यो त खुशी, प्रेम र स्नेश राख्ने शक्ति स्वरुप प्रकाश भएको डिब्बा हो यहि कुरा स्मृतीमा राख्नु पर्दछ । जसरी स्थितर पानीमा हामीले आफ्ना प्रतिबिम्ब स्पष्ट देख्न सक्छौ अर्थात दागरहित ऐनामा आफूलाई चिन्दछौ त्यसरी नै शान्त र भयरहित स्वच्छ मनबाट नै आफ्ना कमी कमजोरीलाई जानी नित्य आफूल्े आफैलाई चिन्ने कोशिस गरिरहनु पर्दछ ।

यदि यस्तो चरीत्र हामीले प्रदर्शन गर्ने बानीको अभ्यास ग¥र्यो भने बाह्य जगतमा रहेको कुनै पनि दुर्गन्धित तत्वले हाम्रो मन मस्तिष्कलाई प्रभाव पार्न सक्दैन र हामी सधै स्वच्छ र सुन्दर बनिरहन्छौं । जहाँ स्वस्थ र सुन्दर विचारको दबदवा रहन्छ त्यहाँ कलुषित विचारहरु उत्पन्न हुन सक्दैन र मानिस स्वयं अन्धविश्वासको भूमरीमा फस्न सक्दैन ।
अविश्वासको भूमरीमा तब परिन्छ जब मानसिक र शारीरिक रुपले मानिस कमजोर अवस्थामा गुज्रन बाध्य हुन्छ । त्यसबेला बाह्य भुलभुलैयाले मानिसलाई बिचलित बनाउन सक्छ । अन्यथा जहाँ विश्वास र आत्मबल बलियो हुन्छ त्यहाँ अन्धविश्वास बढ्नै पाउँदैन । अविश्वास भनेको अन्धकार हो ।

अन्धकारले मानिसलाई कहिलै उज्यालोको प्रत्याभूति दिन खोज्दैन किनकी उसको आचरण भनेको अध्याँरो हो । ऊ उज्यालोदेखि धेरै टाढा हुन्छ कारण उज्यालो उसको लागि शत्रु हो । त्यसैले हामीले हाम्रो विचारमा अध्याँरो राख्ने वा उज्यालोको प्रत्याभूतिसँगै जीवन लाई सुयोग्य र सक्षम बनाउने हो त्यो हामीले आफूले आफैभित्रबाट उजागर गर्नुपर्ने भएकोले यसतर्फ सबैको ध्यान पुग्न जरुरी हुन्छ । क्षणिक खुशीमा आनन्द हुनु भनेको आफूलाई खतरा निम्त्याउने हो ।

किनकी क्षणिक खुशीले मन्द विषको काम गर्दछ । मन, बुद्धि र संस्कारलाई बिस्तारै लोभ, मोह र प्रपञ्चतिर आकर्षित गर्दछ । जसले अभिमान र अपमान दुबैलाई एकैसाथ आचरणमा ल्याउँछ । विचार र भावनामा खिया लगाउन सुरु गर्दछ । काम, क्रोध, लोभ, मोह र अहंकारमा मानिस आफै फस्दै जान्छ र अध्याँरोमा तिर हान्न पुग्दछ । अनि आफै झुटको दलदलमा फस्दै आफैप्रति अविश्वास गर्न पुग्दछ । अनि ऊ आफै दुःखी, रोगी भई आफै साहाराविहीन हुन पुग्दछ ।

त्यसैले म सँधै खुशी छु, स्वस्थ छु, मसँग जे छ विश्वास र उपलब्धी छ, मैले जे जस्तो गर्छु त्यो साँच्चिकै उत्प्रेरक भई गरेको छु भनि आफुले आफैप्रतिको विश्वासलाई दह्रो बनाई राख्नुपर्दछ । आफूभित्रको विश्वासलाई बलिायो बनाई अन्तर मनमा रहेको शक्तिलाई प्रगाढ बनाउनु पर्दछ । तब नै जीवनले रोजेको विजयको शुरुवात हुन पुग्दछ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१