ताजा अपडेट

AIG मधु प्रसाद पुडासैनी परिवारद्रुारा वृद्धाश्राममा कम्बल वितरण

          |   30 Views   |   Published Date : 13th January 2018 |

SAGAR

सागर  थापा

दाङ |आफ्नो तलब काटेर ५.नम्बर प्रदेश प्रहरी प्रमुख AIG मधु प्रसाद पुडासैनी परिवारद्रुारा वृद्धाश्राममा कम्बल वितरण गर्नु भ्एको छ|

रुपन्देहीको बसन्तपुर स्थित श्री सत्य साई वृद्धाश्राममा रहेका वृद्धवृद्धाहहरुलाई सहयोग गरिएको छ । काठमाण्डौबाट विभिन्न स्थान हँुदै लुम्बिनी तिर्थ भ्रमणमा आएका अर्जुन प्रसाद पुडासैनी, नवराज पुडासैनी, माधव प्रसाद घिमिरे, लवराम दाहाल, होमनाथ खतिवडा, विनोद पुडासैनी र ५ नं. प्रदेश प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मधुप्रसाद पुडासैनी समेतको आठ घर परिवारद्वारा उक्त वृद्धाश्रममा रहेका २५ जना वृद्धवृद्धाहरुलाई न्यानो कपडा र २५ थान कम्बल वितरण गरिएको छ ।

साथै कार्यक्रममा सि.न.पा.४ स्थित बुद्ध सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष श्री विरेन्द्र श्रीवास्तवलाई ९० थान कम्वल हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बृद्धाश्रम सञ्चालक, बुद्ध सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, सञ्चारकर्मी र समाजसेवी गरी ६५ जनाको उपस्थिति रहेको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१