ताजा अपडेट

स्पोर्ट एकाडेमीको उपाध्यक्षमा दाङका पोख्रेल

          |   165 Views   |   Published Date : 13th January 2018 |

hpim0021

दाङ, पुस २८ । मदन भण्डारी स्पोर्ट एकाडेमी पाँचनम्वर प्रदेशको उपाध्यक्षमा दाङका सुमन पोख्रेल सर्वसहमतिमा चयन हुनु भएको छ । पोख्रेल कालिका मालिका यातायात प्रालिका अध्यक्ष तथा नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका वडानम्वर–१९ का अध्यक्ष समेत हुनुहुन्छ ।

स्पोर्ट एकाडेमीको बुटवलमा सम्पन्न भेलाले नरबहादुर घर्तीको अध्यक्षतामा १८ सदस्यीय पाँचनम्वर प्रदेशस्तरीय कमिटि गठन गरेको छ । समितिका उपाध्यक्षहरुमा मीनप्रसाद पोख्रेल, शेरबहादुर आचार्य, देवी वाग्ले रहनुभएको छ । त्यसैगरी सचिवहरुमा मेघराज भट्टराई, शंकरप्रसाद पाण्डे, अशोक खत्री, राजकुमार तामाङ रहनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा कृष्ण धिताल, अर्जुन तिवारी, कृष्ण सापकोटा, चुडामणी पोख्रेल, विष्णु कार्की, सूर्यप्रसाद भट्टराई, दीपकबहादुर सुनार, दीपक पोख्रेल, राजेश गुरुङ, हिरा वली, लोकेन्द्र पुन मगर, गणेश खड्कालगायतका रहनुभएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१