ताजा अपडेट

‘सरकारले काम पनि गरेन, सत्ता पनि छोडेन’

          |   29 Views   |   Published Date : 13th January 2018 |

vvvvv

दाङ, पौष २९ । प्रदेश नं. ५ का प्रस्तावित मुख्यमन्त्री शंकर पोख्रेलले शेरबहादुर देउवाले सरकार लम्बाएर लोकतन्त्रको मर्ममा प्रहार गरेको बताउनु भएको छ । सरकारले काम पनि नगर्ने र सत्ता पनि नछोड्न नमान्ने गरेको भन्दै नेता पोख्रेलले जनादेशको अबमुल्यन गरेको टिप्पणी गर्नुभयो ।


नेपाल राष्ट्रिय बाणिज्य संघ र नेपाल उद्योग ब्यापार संगठन दाङले घोराहीमा गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै नेकपा एमालेका स्थायी कमिटि सदस्य समेत रहनु भएका पोख्रेलले अहिलेको सरकारले प्रदेश राजधानीको अस्थायी मुकाम तोक्न नसकेको, प्रदेशको प्रशासनिक प्रमुख नियुक्त गर्न नसकेको, सपथ ग्रहण कस्ले गराउने भन्ने टुंगो लगाउन नसकेको बताउनुभयो ।


‘गर्नुपर्ने काम केहि पनि गर्न नसक्ने, तर सत्ता पनि छोड्ने नमान्ने अहिलेको सरकारको जुन चरित्र छ त्यो जनादेशलाई नमान्ने, लोकतन्त्रलाई नमान्ने चरित्र हो ।’ पोख्रेलले भन्नुभयो, ‘मुलुकलाई अनिर्णयको बन्दी बनाएर जनताले निर्वाचन गरेका प्रतिनिधहरुलाई सरकारले चिन्न सकेन ।’ संसारका कुनै पनि संसदिय मुलुकहरु जनादेश आएको एक मिनेट पनि सत्तामा बसेको ईतिहास नभएको भन्दै नेपाली काँग्रेस सत्ता बाहिर बस्न नचाहने पार्टी भएको बताउनुभयो । २०६४ सालको स्मरण गर्दै नेता पोख्रेलले गिरीजा प्रसाद कोईरालाले पनि तीन महिना सम्म सत्ता नछाडेको बताउनुभयो ।

नेकपा एमाले र नेकपा माओबादी विचमा हुन थालेको एकतालाई भाड्न नियोजित रुपमा हल्ला र बहस चलाईएको प्रष्ट पार्दै नेता पोख्रेलले पार्टी एकता भावनामा डुबेर भन्दा पनि विधि र प्रक्रियाको आधारमा हुने बताउनुभयो ।

प्रदेश राजधानीका विषयमा बोल्ने नेता पोख्रेलले विकासको आधार नै प्रदेश भएको बताउनुभयो । प्रदेश राजधानीका लागि बनाईएको सम्भाब्यता अध्ययन रिपोर्ट मध्य सबै भन्दा राम्रो रिपोर्ट दाङको रहेको भन्दै बेलझुण्डीमा रहेको भवनलाई आधार मानेर राजधानी बनाउँदा सबै भन्दा कम खर्चमा व्यवस्थापन गर्न सकिने उहाको भनाई रहेको थियो । अस्थायी राजधानी दाङ तोकिएर स्थायी बनाउने जिम्मेवारी आफ्नो रहेको नेता पोख्रेलले बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले निर्वाचनको समयमा जनताको अगाडी पेस गरीएको योजनाहरु एक वर्ष भित्रमा सुरुवात गर्ने बताउनुभयो । आफ्नो निर्वाचन क्षेत्रमा ३ देखि ४ हजारको विचमा रहेका खरका छानोहरुलाई हटाएर टिनको छानो बनाउने योजना एक वर्ष भित्रै सुरु हुने उहाको भनाई छ ।

नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष जीतबहादुर केसीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जिल्लाका प्रदेश सभा र प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका नेताहरुलाई स्वागत तथा बधाई ज्ञापन गरिएको थियो ।

नेपाल उद्योग ब्यापार संगठनका अध्यक्ष नरबहादुर अधिकारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण घनश्याम अधिकारीले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१