ताजा अपडेट

मान्द्रेकोट सामुदायीक वनको अध्यक्षमा केसी

          |   84 Views   |   Published Date : 13th January 2018 |

103636276

बिजौरी पौष, मान्द्रकोट सामुदायीक वनको अध्यक्षको दीपक केसी सर्वसहमतिमा चयन भएका छन् । सामुदायीक वनको साधारण सभाले केसीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिका उपाध्यक्षमा शेरबहादुर वली, सचिवमा यमुना वली, सहसचिवमा शरद वली सदस्यहरुमा नवीना केसी, रामबहादुर विश्वकर्मा, चन्द्रबहादुर विश्वकर्मा, निर्मला वली लगायतका रहेका छन् ।


सामुदायीक वनका अध्यक्ष डङ्कबहादुर वलीको अध्यक्षता एवम जिल्ला वन कार्यालयका तुलसीराम चौधरीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९का वडा सदस्य केशरबहादुर पुन, पकर्रे सामुदायीक वनका अध्यक्ष दुर्गाबहादुर खत्री, मानबहादुर वली, कौमति खत्री लगायतकाले बोलेका थिए । कार्यक्रमको सञ्चालन सचिव देवराज विश्वकर्माले गरका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१