ताजा अपडेट

माघिको अवसरमा शनिबार पनि बिजौरी बजार खुल्ला रहने

          |   103 Views   |   Published Date : 13th January 2018 |

kjui

पौष ,बिजौरी माघीको अवसरमा पौष २९ गते शनिबार भएपनि बजार खुला रहने भएको छ । बिजौरी उद्योग वाणिज्य संघको शुक्रबार सम्पन्न बैठकले माघी पर्वलाई मध्यनजर राख्दै भोलि शनिबार बजार खुला राख्ने निर्णय गरेको हो ।

त्यसैगरी बिजौरी क्षेत्र भित्र बसपार्क निर्माण लगायतका कार्य गर्नका लागि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७को सक्राम खोला र १८ र १९को ग्वार खोला छेऊमा रहेका खाली जग्गाको निरिक्षण तथा अनुगमन गर्ने निर्णय गरेको बिजौरी उद्योग वाणिज्य संघका प्रेस सल्लाहाकार राकेश बस्नेतले जानकारी दिएका छन् ।

उद्योग वाणिज्य संघका अध्यक्ष मुक्तबहादुर वली मुकेशको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । यसै बिच हाम्रो बिजौरी राम्रो बिजौरी अभियान अन्र्तगत प्रत्येक महिनाको अन्तिम शुक्रबारको सरसफाई कार्यक्रम समेत सम्पन्न भएको छ । सरसफाई अभियानमा व्यापारी, प्रहरी , स्थानीयको सहभागीता रहेको थियो ।

उद्योग वाणिज्य संघका अध्यक्ष मुक्तबहादुर वली मुकेशको नेतृत्वमा सरसफाई कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१