ताजा अपडेट

बहिरा बालबालिकालाई सहयोग गर्छु–पोख्रेल

          |   29 Views   |   Published Date : 13th January 2018 |

26733856_1712403282157721_1959370787216965353_n-660x330

  दाङ, पुस २८ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले बहिरा बालबालिकाको लगनशीलताको प्रसंसा गर्नुभएको छ । राप्ती बहिरा संघ दाङले नव निर्वाचित सांसदहरुलाई आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले लगनशीलताको प्रसंसा गर्नुभएको हो ।

उहाँले बालबालिकाका समस्यालाई मध्यनजर गर्दै जुनसुकै सहयोग गर्न पनि आफू तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा सांकेतिक भाषामार्फत् बहिरा बालबालिकाले छुट्टै आवासिय बहिरा माध्यमिक विद्यालयमा पढ्न पाउनुपर्ने माग गरेका थिए ।


राज्यले आफूहरुलाई निकै पछाडि पारेकाले सहज तरिकाले पढ्न पाउनुपर्ने उनीहरुको भनाई थियो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष अजयकुमार शर्माले सांकेतिक भाषामार्फत् सहयोगका लागि आग्रह गर्नुभएको थियो । सो अवसरमा प्रदेशनम्वर–५ का प्रस्तावित मुख्यमन्त्री शकंर पोख्रेल, प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी, प्रदेश सभा सदस्यहरु उत्तरकुमार वली, अमर डाँगीलगायतलाई बहिरा बालबालिकाले छात्राबासमा फूलमाला लगाएर स्वागत तथा सम्मान गरेका थिए ।

कार्यक्रममा संघका कार्यकारी निर्देशक प्रतिमा शर्माले अहिलेसम्म राप्ती वहिरा संघले गरेको प्रगतिको बारेमा जानकारी गराउनुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१