ताजा अपडेट

प्रयोगात्मक शिक्षामा जोड तथा वार्षिक उत्सव सम्पन्न

          |   257 Views   |   Published Date : 13th January 2018 |

26803590_835006393351100_215355548_n

दीपक जीएम  दाङ, पौष २९ । पछिल्लो समय दाङका निजी विद्यालयहरुले विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षामा जोड दिएका छन । विद्यालयमा अध्ययन गराईने विभिन्न कितावी ज्ञानहरुलाई प्रयोगको माध्यमबाट विद्यार्थीहरुमा सिप प्रदान गर्ने तर्फ नीजि विद्यालयहरुले जोड दिएका छन ।

पछिल्लो समय विद्यालयहरुले विद्यार्थीहरुको प्रतिभा, आविस्कार गरेका विभिन्न विषयबस्तुलाई लिएर विज्ञान प्रर्दशनी गर्ने गरेका छन ।

घोराहीको माउन्टभ्यू ईंग्लिस बोर्डिङ स्कुल, लिटिल एञ्जल, गुरुकुल अक्याडेमी, शान्तीसुधा मावि लगाएतका विद्यालयहरुले विद्यार्थीहरुले सिर्जना गरेका विभिन्न बस्तुहरुको प्रर्दशनी गरेका छन । यसैक्रममा घोराहीको माउन्टभ्यू बोर्डिङ स्कुलले पनि विज्ञान प्रर्दशनी गरेको छ । विद्यालयको ३४ औ स्थापना दिवसकोअ बसरमा विज्ञानप्रदर्शनी गरीएको विद्यालयले बताएको छ ।

प्रर्दशनीमा बालबालिकाहरले बाताबरणीय प्रदुषण, कक्षामा अधययन गर्ने विभिन्न सिद्धान्तहरुको आधारमा तयार पारिएका सामग्रीहरु, स्वास्थ्य सम्बन्धी विषयमा तयार पारिएका जानकारी मुलक चित्रहरु समेत राखेका थिए ।

प्रदर्शनीको अबलोकन गर्दै जिल्ला शिक्षा अधिकारी रमेश प्रसाद मैनालीले बालबालिकाहरुको सिप र क्षमता विकास गर्नका लागि प्रयोगात्मक शिक्षामा जोड दिनु पर्ने बताउनुभयो । बालबालिकाहरुले बनाएका आविस्कार तथा सिर्जनाहरु उनिहरुको सिकाईलाई बढवा दिने खालको भएको भन्दै विद्यार्थीहरुको प्रतिभाको बारेमा प्रशंसा गर्नुभयो ।

सो अबसरमा विद्यालयले बार्षिक रुपमा प्रकाशन गर्दै आएको मुखपत्रको विमोचन समेत गरीएको थियो । विद्यालयले बार्षिक रुपमा प्रकाशन गर्ने मुख पत्र नवप्रभातको कार्यक्रमका प्रमुख अतिथी शिक्षा अधिकारी मैनाली, बरिष्ठ साहित्यकार गिरीराज शर्मा लगाएतले विमोचन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुषाल, गोर्खा ग्रुपका सिईओ नवल जिएम, बरिष्ठ साहित्यकार गिरीराज शर्मा लगाएतले विद्यालयको विकासका लागि शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक जिम्मेवारी हुनुपर्ने बताएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक सर्जन गौतमले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१