ताजा अपडेट

पुस्तकालयद्वारा नयाँ कार्यको थालनी

          |   29 Views   |   Published Date : 13th January 2018 |

qwqwwwww

शिवराज पन्थी,  गढवा, पुस २८ । गढवास्थित देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्रको नवनिर्वाचित कार्यसमितिले शुक्रबार पदभार ग्रहणसँगै नयाँ कार्यको थालनी गर्ने भएको छ । स्रोत केन्द्रका अध्यक्ष गिरिराज भट्टको अध्यक्षता तथा निवर्तमान अध्यक्ष हरि पोखे्रल तथा सल्लाहकार सकुन्तला डिसीको विशेष उपस्थितिमा भएको कार्यसमितिको बैठकले पुस्तकालयको दिगो विकासका लागि पुस्तकालयले सहकारी संस्था सञ्चालन गर्ने निर्णय गरेको छ ।


जसका लागि स्रोत केन्द्रका सचिव शिवराज पन्थी संयोजक रहेको पटवारी यादव र अभ्रणदास यादवसहितको कार्यदललाई जिम्मेवारी प्रदान गरेको अध्यक्ष गिरिराज भट्टले जानकारी दिनुभयो । यसैबीच शुक्रबार नै पुस्तकालयको नवनिर्वाचित कार्यसमितिले पूर्व कार्यसमितिबाट आयब्यय तथा जिन्सीको बरबुझारथ गर्र्दै पदभार ग्रहण समेत गरेको छ ।

पुस्तकालयका सल्लाहकार गणेशकुमार कुमालको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि यादवले नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष तथा सल्लाहकार हरि पोखे्रल, सल्लाहकार सकुन्तला डिसीलगायतले बधाई तथा शुभकामना दिनुभएको थियो ।

सो अवसरमा नवनिर्वाचित अध्यक्ष गिरिराज भट्टले कार्यसमितिको तर्फबाट प्रतिवद्धता मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव शिवराज पन्थीले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१