ताजा अपडेट

पिटिआर रोग विरुद्ध निशुल्क खोप कार्यक्रम सम्पन्न

          |   26 Views   |   Published Date : 13th January 2018 |

apsd

दाङ, पुस |    तुलसीपुर उपमहानगरपालीकामा रहेको पशु सेवा शाखाले पिटिआर रोग विरुद्ध निशुल्क खोप कार्यक्रम सम्पन्न गरेको छ ।

तुलसीपुर उपमहानगरपालीका वडा नं ९ कृष्णमन्दीर टोलमा रहेका करिव ५ सय बाख्राहरुमा पिटिआर रोग विरुद्ध निशुल्क खोप लगाइएको पशु सेवा शाखा तुलसीपुरका प्रावधिक सुवास आचार्यले जानकारी दिनुभयो ।

उहाँले त्यस क्षेत्रमा केही दिन पहिला देखी बर्षायाममा देखीने यस रोगद्धारा बाख्राहरुमा सक्रमण देखिएकाले यस्लाइ नियत्रण गर्न यस कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । उहाँले आगामी माघ १५ गते देखी सप्ताह व्यापी रुपमा तुलसीपुर उपमहानगरपालीका भित्र रहेका १९ वटै वडामा यो कार्यक्रम सञ्चालन गर्ने समेत बताउनुभएको छ ।।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१