ताजा अपडेट

दाङमा औद्योगिक महोत्सव सुरु, ३ लाख दर्शकले अवलोकन गर्ने अनुमान

          |   323 Views   |   Published Date : 13th January 2018 |

abhu

दाङ- दोस्रो राप्ती कृषि, पर्यटन, औद्योगिक तथा व्यापारिक महोत्सव शुक्रबारदेखि सुरु भएको छ।

राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोकस्थित निर्माणाधीन बसपार्कमा सुरु भएको महोत्सवमा डेढ सयभन्दा बढी स्टल राखिएको आयोजकले जनाएको छ।

महोत्सवमा स्थानीय कृषि उपज, हस्तकला तथा पशुजन्य उत्पादनको प्रदर्शनी, विभिन्न जातजातिको झाँकी प्रदर्शन, बाल उद्यान, रमाइलो मेला लगायतका आकर्षण गरेको महोत्सव मूल आयोजक समितिका अध्यक्ष भीमबहादुर मरासिनीले जानकारी दिए।

यसका साथै राप्तीका समग्र पर्यटन प्रवर्द्धन र विकासका लागि राप्ती नदीमा र्याकप्टिङ महोत्सवका मुख्य आकर्षण रहनेछन्।

महोत्सव अवधिभर ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति र राप्ती आइडल प्रतियोगिता समेत हुने कार्यक्रमका निर्देशक विराज विष्टले जानकारी दिए। इन्द्रेणी युवा क्लबको भवन निर्माणका लागि आयोजना गरिएको महोत्सव ११ दिनसम्म सञ्चालन हुने बताइएको छ।

करिब तीन लाख दर्शकले अवलोकन गर्ने र दुई करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१