ताजा अपडेट

१२ सय वालवालीकालाई कु–पोषणबाट बचाँउन स्वास्थकर्मीलाई गाँउ गाँउमा

          |   71 Views   |   Published Date : 12th January 2018 |

kuposanssss-660x330

दाङ, पौष २८ । ५ बर्षमुनिका १२ सय वालवालीकालाई कु–पोषणबाट बचाँउन जिल्ला जनस्वास्थ्य कार्यालयले स्वास्थकर्मीलाई गाँउ गाँउमा खटाउदैछ । ती स्वास्थ्कर्मीलाई कु–पोषणबाट पीडित वालवालीकाको लक्ष्न र तत्काल गर्नुपर्ने प्रारम्भीक उपचारका बिषयमा प्रशिक्षण समेत दिएको छ ।

उनीहरुलाई हरेक वार खाना चार जस्ता बिषयमा जानकारी समेत गराईएको जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत ओमप्रकास न्यौपानेले जानकारी दिनुभयो । अन्न तथा कन्दमुल,गेडागुडि तथा दालजन्य,सागपात तथा फलफुल र पंशुपक्षिजन्य स्रोत लगायतका बिषयमा समेत प्रशिक्षीत गराइएको उहाले बताउनुभयो ।

सिघ्र कुपोषण र मध्यम खाले कुपोषणलाई घटाउने लक्ष्य अनुरुप सुहारा कार्यक्रम अन्तर्गत जिल्लाका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई कुपोषण सम्बन्धि जानकारी गराई कार्यक्षेत्रमा खटाईने तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य बिभागका प्रतिनिधि बसन्त आचार्यले जानकारी दिनुभयो ।

कु–पोषणको लक्ष्न,तौल र उचाई नाप लगायतका बिषयमा यती धेरै जानकारी नभएको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको भनाई छ । अव भने उनीहरुको तौल,अनगमन,पाखुराको नाप,उचाई अनुसारको तौल पत्ता लगाउन सकिने बताउछन् । संबिधानमा समेत पोषणयुक्त खानाको ब्यबस्था गर्ने उल्लेख गरिएकोले पनि यस कार्यक्रमलाई २ बर्ष अघिदेखि बिशेष महत्वका साथ हेरीएको छ ।

पश्चिम दाङका तुलसीपुर उपमहानगरपालिका,दंगीशरण गाँउपालिका र शान्तिनगरगाँउपालिका बिभिन्न स्वास्थ्य संस्थाका २५ जना स्वास्थ्यकर्मीहरुको तालिममा सहभागिता थियो ।

तालिम सहभागि स्वास्थ्यकर्मी चित्रा बस्नेतको अध्यक्षता एबम तुलसीपुर उपमहानगरपालीका स्वास्थ्य बिभागका प्रतिनिधि बसन्त आचार्यको प्रमुख आतिथ्यमा तालिमको आज बिहीबार समापन गरिएको थियो । सो अबसरमा पत्रकार सुशील बस्नेत र स्वास्थ्यकर्मी सीता गौतमले बोल्नुभएको थियो ।

उक्त तालिममा डाक्टर अन्जनकुमार बस्नेत र सुहारा कार्यक्रमकी प्रतिक्षा सुबेदीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको सहजीकरण जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत ओमप्रकास न्यौपानेले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१