ताजा अपडेट

हिन्दु जागरण र एकता दिवस एउटै मंचमा

          |   130 Views   |   Published Date : 12th January 2018 |

program-660x330

दाङ, पौष  । नेपाल सरकारले सार्वजनिक विदा दिएको राष्ट्रिय एकता दिवस र हिन्दु जागरण नेपालको राष्ट्रिय भेला एउटै मंचमा सम्पन्न भएको छ ।

दाङको लमहीको सार्वजनिक वगैचामा दुइ वटै कार्यक्रम एकै ठाउँमा हुंदा सहभागिहरुलाई कार्यक्रम प्रति चाँसो त थियो नै यस विषयमा अर्को जिज्ञासा पनि राखेका छन् ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विहीवार देशैभरी मनाउने गरी नेपाल सरकारले यसपाली सार्वजनिक विदा दिदा विद्यार्थीहरु खुःसी देखिएका थिए । तर हिन्दु जागरण नेपालको राष्ट्रिय भेला र पृथ्वी जयन्ती मनाउनेहरु ठाउँमा जम्मा भए ।
जनज्योती मावि राजपुर गाउँपालिका वेलामा कक्षा सातमा अध्यनरत झमन रावतले राष्ट्रिय एकता दिवसको अवसरमा यस विषयमा भन्दा हिन्दु राष्ट्र नेपाल कायम गर,सनातन हिन्दु राज्य कायम गर,डलरवाद मुर्दावाद जस्ता नारा लगाउनुभयो । विद्यालयको व्यानर सहित राष्ट्रिय एकता मनाउन लमहीमा जम्मा भएकाहरु हिन्दु जागरण नेपालको राष्ट्रिय भेलाको उदघाटनमा सहभागि भएका हुन ।
देउखुरी क्षेत्रका धेरै जसो सामुदायिक विद्यालयहरुको सहभागिता रहेको कार्यक्रम मा विद्यलायका शिक्षकहरु नै हिन्दु जागरण नेपालको राष्ट्रिय भेला उद्घाटन समारोह कार्यक्रमको अतिथि वन्न सम्म भ्याए । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकताका कुरा भन्दा हिन्दु राज्य कायम गरिनु पर्ने लगायतका विषयमा लगाइएका नारा सहित ¥यालीमा सहभागि भएका छन् ।
आदर्श माध्यमिक विद्यालय देउपुर स्कुलका व्यवस्थापन समितिका अध्यक्ष रेशमवहादुर खड्काले लामो समय पछी पृथ्वी जयन्ती मनाउन पाएको आफूहरु खुःसी भएपनि ¥यालीमा वालवालिकाहरु लाई सहभागि गराएर कुनै धर्मको वकालत गर्न लगाउनु उचित नहुने तर्क गर्नुभयो । सोही विद्यालयका प्राचार्य शशीधर ज्ञवालीले सरकारले राष्ट्रिय एकता दिवस मनाउनको लागि विदा दिएकोले आफूहरु कार्यक्रममा सहभागि भएको र संयोकले हिन्दु जागरण नेपालको पनि एकै ठाउँमा कार्यक्रम भएको वताउनुभयो ।
यसैविच हिन्दु जागरण नेपालको राष्ट्रिय भेला दाङको लमहीमा शुरु भएको छ । तिन सम्म चल्ने भेलामा प्रशिक्षण सहित नयाँ नेतृत्व चयन गर्ने आयोजकले जनाएको छ । उद्घाटन कार्यक्रममा वोल्ने वत्ताहरुले सरकारले कसैको प्रभावमा परी नेपाललाई हिन्दु राष्ट्र वाट हटाएको भन्दै आपत्ती जनाएका थिए । ८० प्रतिसत भन्दा वढी ओमकार परिवारका हिन्दु रहेको भन्दै कार्यक्रका वत्ताहरुले राष्ट्रलाई हिन्दु राष्ट्र कायम गर्न माग गरेका थिए ।
हिन्दु जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यको अध्यक्षता तथा स्वर्गद्धारी आश्रमका गुरुकुल अध्यापक नवराज घिमिरेको प्रमुख आथित्यता भएको हो । नेपालका ४० जिल्लामा जिल्ला शाखा गठन गरेको हिन्दु जागरण नेपालको राष्ट्रिय भेलामा ४० जिल्लाका हिन्दु धर्मका धर्मगुरु, कथा वाचक तथा हिन्दु धर्मका ज्ञाताहरुको सहभागिता रहेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१