ताजा अपडेट

‘सरकार छोड्ने तयारीमा छौँ’

          |   27 Views   |   Published Date : 12th January 2018 |

mnb

दाङ, पौष २७ । नेकपा माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागि मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् । माओवादी केन्द्रले नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुलाई दिएको जिम्मेवारी खोस्नु भएको थियो ।

एमालेसँग तालमेल गरेर चुनाव लडेपनि माओवादी मन्त्रीहरु विनाविभागिय हैसियतमा सरकारका बसिरहेका छन् । जिम्मेवारी खोसिएसँगै राजीनामा गर्ने तयारी गरेका माओवादी मन्त्रीहरु सरकारले चुनाव सार्ने चलखेल गरेको भन्दै राजीनामा नगरी बसेका थिए । उपप्रधानमन्त्री कृष्णबहादुर महराले सरकार छाड्ने बताउनुभएको छ । दाङको घोराहीमा रहेको मावि सेवार बनगाउँको बार्षिकोत्सवलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री महराले यस्तो बताउनुभएको हो ।


पछिल्लो पटक दाङ आएको समयमा उहाले प्रधानमन्त्री शेरबहादुर देउवासंग छलफल भएको बुझिएको छ । यद्यपि, नेकपा माओवादी केन्द्रको सुझाव लिन बाँकी रहेको बताइएको छ ।
विनाविभागिय मन्त्री टेकबहादुर बस्नेतले सरकार छाड्न लागेको पुष्टि गर्नुभयो । ‘सकभर आज साँझ सम्म नभए भोलि विहान सम्ममा सरकार छाड्छौ’ मन्त्री बस्नेतले बताउनुभयो । बार्षिकोत्सवको अवसरमा सरकार छाड्ने तयारी गरेको भन्ने विषयमा तयारी भएको जानकारी दिएको दाङका प्रदेश सांसद अमरबहादुर डाँगीले बताउनुभयो । निर्वाचन अगाडिदेखि विना विभागी मन्त्रीसहित उपप्रधानमन्त्री रहेका महराले बिहीबार मात्रै सरकार छाड्ने तयारी गरेको जानकारी दिनु भएको हो ।
सरकार छाड्ने नछाड्ने बारे शुक्रबार मात्रै टुंगो लाग्ने जानकारी दिएको नेकपा माओवादी केन्द्र दाङका सह—ईञ्चार्ज हेमराज शर्मा ‘डायमण्ड’ ले जानकारी दिनुभयो । सरकार छाड्ने कुरा मन्तब्यकै क्रममा भनेको भन्दै डायमण्डले बाँकी भोलि मात्रै थाहा हुने बताउनु भएको हो ।
प्रदेश प्रमुख नियुक्त गर्न मन्त्रिपरिषद् बैठक शुक्रवार बस्दैछ । माओवादी मन्त्रीहरुले त्यस अगावै सरकार छाड्ने तयारी गरेका हुन् । प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा माओवादीका तर्फबाट कृष्णबहादुर महराको नेतृत्वमा ८ मन्त्री सहभागि छन् ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१