ताजा अपडेट

शान्तिसुधाको २४ औँ बार्षिकोत्सब

          |   185 Views   |   Published Date : 12th January 2018 |

26553313_834466393405100_2101458148_n

नवीन अभिलाषी दाङ, पौष २७ । शान्तिसुधा माध्यामिक विद्यालय घोराही दाङले आफ्नो २४ औ बार्षिकोत्सब एब अभिभावक भेला सम्पन्न गरेको छ । घोराहीमा सञ्चालन भैरहेको शान्तिसुधाले विद्यालयकै प्रांगणमा एक कार्यक्रमको आयोजना गरेर आफ्नो बार्षिकोत्सब एब अभिभावक भेला सम्पन्न गरेको हो ।


बालबालिकाहरुको विभिन्न प्रस्तुती, सास्कृतिक कार्यक्रम, विज्ञानकला, चित्रकला लगाएतका विभिन्न विषयतगत प्रर्दशनी गर्दै विद्यालयले आफ्नो बार्षिकोत्सब मनाएको हो । बालबालिकाहरुको अन्र्तनिहित क्षमतालाई प्रस्फुटन गर्ने विभिन्न कार्यक्रमहरु सो अबसरमा गरीएको थियो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर खनालको अध्यक्षता तथा मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राध्यापक डाक्टर राधा शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम गरेको होे । कार्यक्रममा बोल्दै प्रमुख अतिथी शाहले अहिलेका बालबालिकाहरुको विकास सहि भए मात्रै भोलीको समाज सहि र राम्रो हुने बताउनुभयो । आजका बालबालिकाहरुको शिक्षामा लगानी गर्न सके उनिहरुले भोलीको देशका लागि काम गर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले अहिलेका बालबालिकाहरु काँचो माटो भएको भन्दै उनिहरुलाई सहि आकार दिने जिम्मेवारी विद्यालयको मात्रै नभएको बताए । शिक्षाको विकाशका लागि विद्यार्थी, शिक्षक र अभिभावकहरुको सम्बन्ध रहने भन्दै उनिहरुले एक पक्षको मात्रै कमी भए शिक्षामा गुणस्तर नहुने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, प्याब्सनका केन्द्रिय सहकोषाध्यक्ष सरिता देबकोटा, घोराही उपमहानगरपालिका शिक्षा शाखा प्रमुख नारायण पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष विष्णु गिरी, शिक्षक रामबहादुर खड्का, भुतपुर्व विद्यार्थी समिक्षा मिश्र लगाएतले बोल्नु भएको थियो । कार्यक्रममा उपस्थित सबैलाई प्रेम शाहले धन्यबाद ज्ञापन गर्नुभएको कार्यक्रमको सहजीकरण शिक्षिका भुमा केसीले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१