ताजा अपडेट

मुआब्जा वितरणमा ढिलाई

          |   88 Views   |   Published Date : 12th January 2018 |

trtrtrrr

दाङ, पौष । लमही–कोईलावास सडक निर्माण कार्यमा सो सडक खण्डमा पर्ने घर तथा जग्गाघनीको मुआबजा वितरण कार्यमा सरकारले ढिलासुस्ती गरेको स्थानीयको गुनासो छ । सडक निर्माणको टेण्डर भएर पनि मुआबजा वितरणमा ढिलाई हँुदा जंगल क्षेत्रबाट काम सुरु गरिएको छ ।

जग्गाधनीहरुको क्षेत्र रहेको लमही देखि कक्रहवा जमुनिवास सम्मको मुआबजा वितरणमा सरकारले ढिलाई गर्दा सडक निर्माण कार्य जमुनिवास देखि माथी जंगलक्षेत्रबाट सुरु गरिएको स्थानीयको भनाई रहेको छ । जसले गर्दा सडक निर्माणमा समेत ढिलाई हुनसक्ने अनुमान गरिएको छ । काम सुरु भएर पनि सरकारले मुआबजा वितरणमा ढिलाई गरिरहेकोले स्थानीयको गुनासो बढ्न थालेको हो ।

मुआबजा वितरणमा ढिलाई भएको जनगुनासो बढ्न थालेपछि प्रमुख जिल्ला अधिकारीलाई बुझ्दा हाम्रो तर्फबाट गर्नुपर्ने सबैकाम पुरा गरि सम्वन्धीत निकायमा पठाईसकेको बताउनुभयो । बर्षौं–बर्षसम्म अनिर्णयको बन्दी भएर निर्माणकार्य अलपत्र परेको यो सडक निर्माणको कार्यलाई आफ्नो तर्फबाट अगाडी बढाई एक चरणको सफलता प्राप्त गरिसकेको बताउनुभयो ।

यता मध्यपश्चिम क्षेत्रिय हुलाकी सडक आयोजनाको कार्यालय नेपालगञ्जका प्रमुख सौरब बज्राचार्यका अनुसार आयोजनाको कार्यालयले मुआबजाको फाईल गत कार्तिक १७ गते नै केन्द्रमा पठाएको र अर्थमन्त्रालयबाट निर्णय भएर आउन बाँकी रहेको बताउनु भयो ।

‘कुल ५८ करोडको मुआबजा माग भएको छ, अर्थमन्त्रालयमा पठाई सक्यौं, उतैबाट भएको ढिलाई हो, निर्णय भएर आउँदा साथ हामीले वितरण गर्न सुरु गर्ने छौं, स्थानीयहरु आत्तिनु पर्दैन’ उहाँले बताउनु भयो । केन्द्रबाट मुआबजाको रकम आउन ढिलाई भएकोले वितरणमा ढिलाई भएको आयोजनाको कार्यालयको भनाई छ ।

‘सडकका लागि आवश्यक पर्ने प्राकृतिक स्रोत साधन गिट्टी, ढुङ्गा, बालुवा लगायत सबै चिजको सहज आपुर्ति गर्न सबै क्षेत्रबाट समन्वय र सहयोग गर्नुपर्छ, बिकासको वाधक कोहि पनि बन्नु हुदैन’ पाण्डेयले भन्नुभयो ।

पटक–पटक टेण्डर भएर पनि बर्षौ–बर्षदेखि निर्माणकार्य सम्पन्न हुन नसकेको यो सडकमा रहेका केहि उपभोक्ताहरु कै विवादका कारण सडक बन्न नसकेको सामाजिक अगुवाहरुको घारणा छ । ‘बडो मुस्कीलले योजना पर्छ, टेण्डर हुन्छ तर हामी आपसमै विवाद गर्छौ, जसले गर्दा बिकासका लागि आएका योजनाहरु फिर्ता जान्छन् वा काम नै हुदैन’ एक स्थानीयले बताउनुभयो ।

एकादेशको दन्त्यकथा बनेको लमही कोईलावास सडक निर्माणको कार्यले लामो समय पछि गति लिदै छ । लामो समयको पर्खाईमा रहेका स्थानीयहरु अहिले खुसी भएका छन् । यो आयोजना कुल ६८ करोडको लागतमा भारत सरकारको सहयोगमा नेपाल सरकारले कार्यान्वयन गर्न थालेको राष्ट्रिय गौरबको आयोजना हो । निर्माण कार्यमा नेपालमै ख्याती कमाएको अब्वल दर्जाको कालीका कुमार जे.भी. नामको निर्माण कम्पनीले काम सुरु गरेको छ ।

अढाई बर्षमै काम सकाएर सरकारलाई बुझाउने योजना रहेको कम्पनीका म्यानेजर बिजय भट्राईले बताउनु भयो । लमही देखि ३३ कि.मी. लम्बाई रहेको सो सडकमा अहिले १८ वटा कल्भर्ट निर्माण प्रकृयामा छन् ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१