ताजा अपडेट

पुतलीसडकमा अनौठो दुर्घटना, चालकको मृत्यु

          |   137 Views   |   Published Date : 12th January 2018 |

ggg

काठमाडौं– चार्जीङ सेन्टरबाट टेम्पो निकाल्ने क्रममा शुक्रबार बिहान पुतलीसडकमा टेम्पो चालक महिलाको मृत्यु भएको छ। बा.१ ह ४८५२ नम्बरको ट्याम्पोकी चालक झापा महारानी–८ घर भई हाल सामाखुसी बस्ने ४३ वर्षीया तुलसा थापाको मृत्यु भएको हो।

महानगरीय प्रहरी वृत्त अनामनगरका डिएसपी अपिल बोहोराका अनुसार न्यूप्लाजास्थित चार्जिङ सेन्टरबाट ब्याक गरेर ट्याम्पो निकाल्ने क्रममा नले टाउको बाहिर निकालेकी थिइन्।  टाउको निकालेर गाडि ब्याक गर्ने क्रममा उनको टाउको सडक छेउमा रहेको फलामको पोलमा ठोक्कियो।

सँगै अर्काे काँठ पनि भएकाले काठ र फलामको बीचमा उनको टाउको प¥यो। त्यही क्रममा उनले खुट्टाले एक्सिलेटर थिचिइरहन्। त्यसरी टाउको च्यापिएपछि उनी बेहोस भएकी थिइन्।

उद्धार गरी वीर अस्पताल पुर्‍याइएकोमा उनको मृत्यु भएको डिएसपी बोहराले बताए।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१