ताजा अपडेट

निरन्तर विद्यार्थी मूल्याङ्कन ःबन्द गरौ“ दोहोरो चरित्र

          |   184 Views   |   Published Date : 12th January 2018 |

CAS_1_edukhabar कुनै एउटा विद्यालयमा यस्तो समस्याआयो अब के गर्न सकिएला ?


एक शिक्षकले कक्षा ५ का विद्यार्थीलाई कक्षा कार्यको लागि १४ ओटा गणितको समस्याहरू दिए । एक जना विद्यार्थीले १४ वटै प्रश्न समाधान गरे तर एउटा पनि मिलेन । अर्का एक जना विद्यार्थीले ८ ओटा गरे तर सबै मिले र अर्का एक जनाले एउटा पनि गरेनन् । अब निरन्तर विद्यार्थी मूल्याङ्कन फारम कसरी भर्ने ?


यस्तो अवस्थामा तीन जना विद्यार्थीमध्ये कसले कति रेजा पाउँछन् ?

यो मलाई ट्याग गरेर लेखिएको फेसबुक स्टाटस हो । मलाई थाहा छैन, यो समस्याको समाधान गर्ने उपाय सुझाउन मैले सक्छु वा सक्दिन तर स्टाटस लेख्ने साथीले फेसबुकबाट नामै तोकेर सल्लाह मागे पछि म भाग्न मिलेन र सकिन पनि । म यो निरन्तर विद्यार्थी मूल्याङ्कन सम्बन्धी कुनै तालिम लिएको वा दिएको विज्ञ पनि होइन । सुनेको छु, भेटाएका केही सामग्री पढेको छु । मेरो बुझाई नै सही छ भन्न सक्ने अवस्थामा पनि छैन म । तै पनि मेरो बुद्धिले भ्याएको मन्थन गर्ने प्रयास गर्दैछु ।

नेपालमा निरन्तर विद्यार्थी मूल्याङ्कको अभ्यास शुरु भएको करिब १८ वर्ष भयो । यो १८ वर्षको अवधिमा निरन्तर विद्यार्थी मूल्याङ्कनको अवधारणा बुझाउन विभिन्न स्तरमा तालिम कार्यशालाहरू चलिरहेका छन् । रेजा लगाउने फारम छाप्नकै लागि र पोर्टफोलियो फाइल व्यवस्थापन गर्नका लागि करोडौं रकम विद्यालयमा निकासा भएको छ ।

शुरुमा केही जिल्लाहरूमा परीक्षणको रुपमा शुरु भएको निरन्तर विद्यार्थी मूल्याङ्कन क्रमश देशै भरी लागू गरियो । कक्षा १ देखि ३ सम्मका लागि मात्र भनेर सुरु गरिएको यो प्रणाली पछि कक्षा ५ सम्म विस्तार गरियो भने हाल कपषा ७ सम्म सञ्चालनमा छ । हाल कक्षा ६ र ७ मा ४० प्रतिशत, कक्षा ४ र ५ मा ५० प्रतिशत तथा कक्षा १ देखि ३ सम्म शतप्रतिशत निरन्तर विद्यार्थी मूल्याङ्कन गर्ने भन्ने व्यवस्था छ । कक्षा १ देखि ३ मा उदार कक्षोन्नति तोकिने भएकाले उत्तीर्णाङ्क तोकिएको छैन भन्ने व्यवस्था पनि छ, पाठ्यक्रममा ।

पहिलो प्रश्न स् के हामीले कक्षा १ देखि ३ सम्म परीक्षा नलिने गरेका छौँ । पाठ्यक्रमको यो नीति कुन हद सम्म कार्यान्वयन भएको छ ? यसको प्रभावकारिता के हो ? यसले हाम्रो शिक्षण सिकाइ पद्धतिमा के सुधार ग¥यो वा गरेन ? जो कक्षा कोठामा जादैनाँै उसले यसलाई निकै राम्रो देखेका छौँ । जो कक्षा कोठामा जान्छौ उसले यसलाई समस्या देखेका छौँ । जसले यसलाई राम्रो देख्यौँ उसले यो कार्यान्वयन भएन भन्दै चिन्ता ग¥यौँ, जसले यसलाई समस्या देख्यौँ न पूर्ण रुपमा अस्वीकार ग¥यौँ न त कार्यान्वयननै ग¥यौँ ।

यो एउटा यस्तो चीज बनिदियो जो विद्यार्थीको कमजोर सिकाइको कारक तत्वका रुपमा दर्ज भयो । कक्षा ४, ५ मा पढ्ने विद्यार्थीको कमजोर सिकाइको कारण यसैलाई देखाउने गरिएको छ । यसलाई कार्यान्वयन भएको छ भन्ने हो भने बाल कक्षादेखि परीक्षाको तालिका तयार गरेर विद्यालयमा परीक्षा चलाएकै छौँ । स्रोत केन्द्र तथा विभिन्न समितिहरूमा प्रश्न पत्र बनाउने, छपाउने विक्रिगर्ने सानो उद्योग चलेकै छ ।

रमाइलो पक्ष त के पनि छ भने विद्यालयमा परीक्षा लिन्छौँ अनि विभिन्न कम्पनीले छापेर तयार पारेका रजिष्टरमा रेजा लगाउछौँ । परीक्षा किन लिने ? सबैले लिन्छन् ? परीक्षा लिएपछि रेजा किन लगाउनु प¥यो ? सबैले त्यसै गर्छन् ? यस्तै यस्तै नियतिमा हाम्रो समग्र प्रणाली चलिरहेको छ ।

निरन्तर विद्यार्थी मूल्याङ्कनले शिक्षकलाई अलि बढी सक्रीय, हरेक विद्यार्थीको सिकाइका लागि जवाफदेहि र जागरीलो बनाउन खोजेको थियो । तर नीजि छापाखानाहरुले माथि तस्वीरमा देखाए जस्तै सबै कक्षाका लागि पुग्ने एक एकवटा पाठको नाम लेखेर फाइल छपाइ गरी विक्रि वितरण गर्न थाले ।

अभिभावकलाई परीक्षा नलिई हुन्न भन्ने बहानामा परीक्षा चलिरहे ? परीक्षा के का लागि ? किन परीक्षा लिने ? कस्तो परीक्षा लिने ? कसले परीक्षा लिने ? कहिले र कसरी परीक्षा लिने ? कुनै छलफल र चासोको विषय भएन ? स्रोत केन्द्रले जहिले भन्यो त्यही बेला परीक्षा लिने ? प्रश्न किनेर ल्याउने परीक्षा लिने ?तालिका अनुसार परीक्षा चलाउने ? नतिजा सुनायो सकियो ।

निरन्तर विद्यार्थी मूल्याङ्कनलाई फेल गर्न नपाइने भन्ने पद्धतिको रुपमा ग्रहण गरियो । तर फेलै नहुने गरी पढाउने, त्यसरी फेलै नहुने बनाउन नियमित रुपमा मूल्याङ्कन गर्ने र सहयोग गर्ने भन्ने चटक्कै विर्सियो । नजान्नेलाई थप सहयोग गरेर पढाउने भन्ने त हाम्रो शिक्षण सिकाइ पद्धतिमा छैन भन्दा पनि हुन्छ । पाठ्यक्रमले तोके अनुसारका सिकाइ सक्षमता हासिल गराएर मात्र माथिल्लो कक्षामा लैजाने भन्ने त विषय नै रहेन, किताब पढाएर सकाउने परीक्षा लिने सकियो ।

कोर्ष छिटो सकाउने शिक्षक जागरिलो बन्ने भयो । त्यसैले खेतवारी जोत्नेले मेलो सकाउने अभियान चलाएजस्तै पाठ्यपुस्तक सकाउने अभियान चलिरह्यो । सिकाउने, जाने नजानेको हेर्ने, थप सहयोग गर्ने, अभिभावकसँग छलफल गर्ने सबै हात्तीका देखाउने दात भए ।

दोस्रो प्रश्न स् के माथिकै समस्या निरन्तर विद्यार्थी मूल्याङ्कनसँग सम्बन्धित छ ? निरन्तर विद्यार्थी मूल्याङ्कन कुनै एउटा पाठको कक्षाकार्य दिएर त्यसमा हिसाब मिलाएको आधारमा रेजा लगाउने भन्ने बुझाई नै पुरै गलत छ । अनि कुनै पनि विद्यार्थीले कतिवटा हिसाब मिलायो भन्ने आधारमा रेजा लगाउने भन्ने पनि होइन । माथिको समस्यालाई वास्तविक मानेर हेर्ने हो भने उक्त समस्या आउनुमा विद्यालय र गणित विषय पढाउने शिक्षक कारक तत्व हो ।

कुनै पनि पाठ पढाए पछि कक्षामा भएका कति विद्यार्थीले पाठका कुन कुन हिसाब गर्न सक्छन् ? कुन कुन हिसाब गर्न सक्दैनन् भन्ने थाहा पाउनै पर्छ । गणितका आधारभूत क्रियाहरू नसिकि विद्यार्थी कसरी कक्षा ५ सम्म आइपुगे भन्ने एउटा सन्दर्भ हो भने अर्को सन्दर्भ यो समस्या देखिएको पाठ कतिमा हो । यो पाठभन्दा अघिल्ला पाठहरूको अवस्था के हो ? विद्यार्थीले पढाएको कुरा बुझे नबुझेको विषयमा ध्यान दिने कि निरन्तर विद्यार्थी मूल्याङ्कनको रेजा लगाउनेमा भन्ने पनि हो ?

तेस्रो प्रश्न स् के निरन्तर विद्यार्थी मूल्याङ्कन साच्चिकै हाम्रो समस्या हो त ? समस्या हो भने विद्यालय र शिक्षक सबैले भन्नु प¥यो यसलाई कार्यान्वयन गर्न सकिदैन । सधैँ यसलाई कमजोर सिकाइको कारण देखाएर उम्कन मिल्दैन ।

विद्यालय तहको साना कक्षाको अनुभव नै नभएका, ठूला ठूला सिद्धान्तका रटान लगाएका केही अनुसन्धानकर्ताका बजेट सकाउने अनुसन्धानले लेखेका सुझावहरूकै आधारमा यसलाई राम्रो र कार्यान्वयन गर्नुपर्छ भन्ने एउटै रटान लगाउनु भन्दा यसको वास्तविक मूल्याङ्कन गरेर कार्यान्वयनको सुनिश्चितता गरेर मात्र बजेट खर्च गर्नु उपयुक्त होला ।

निरन्तर विद्यार्थी मूल्याङ्कनकै कारण विद्यार्थीको सिकाइमा समस्या हो भने यसकै बहानामा सिकाइ कमजोर बनाउनु आवश्यक छैन अब । एकथरी यसैको कार्यान्वयनमा बल गर्ने, अर्काथरी यसको कार्यान्वयन नगर्न र समस्या देखाउन बल गर्ने अवस्था छ । यी दुई बलियाहरूको मिचाईमा विद्यार्थीको सिकाइ परेको छ ।

स्थानीय सरकारहरूले शिक्षा सुधारका केही कदमहरू चालिरहेका, केही गरौँ भन्ने सोचले काम गरिरहेको सन्दर्भमा वृहत वहस, छलफल र अन्र्त्क्रिया गरी निरन्तर विद्यार्थी मूल्याङक्न हाम्रो विद्यार्थीको सिकाइका लागि सहयोगी बनेको छ वा शिक्षकलाई विद्यार्थीको कमजोर सिकाइको कारक तत्व बनाउन सहयोग पुगिरहेको छ ? स्वस्थ वहस होस् ।

यो समस्या नै हो भने छोडिदिउ तर न कार्यान्वय गर्ने, न छोड्ने अनि यसैलाई कारण देखाएर सधैँ जवाफदेहिताबाट भाग्ने प्रयास नगरौँ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१