ताजा अपडेट

‘टाइगर जिन्दा हे’ को कमाई तीन सय करोड माथि, तोड्यो ‘सुल्तान’ को रेकर्ड

          |   94 Views   |   Published Date : 12th January 2018 |

taigar-jinda-he_2kl5rtfcZ8

पुस , २०७४ काठमाडौं : बलिउड स्टार सलमान खान अभिनित फिल्म 'टाइगर जिन्दा हे' भोलिबाट तेस्रो हप्तमा प्रदर्शन हुँदै छ।

तेस्रो हप्तमा प्रवेश गरिरहँदा फिल्मले तीन सय करोड माथिको व्यपार गर्न सफल भएको छ। फिल्मले अहिलेसम्म ३ सय १३ करोडको व्यपार गर्न सफल भएको छ। माउथ पब्लीसिटी गर्दा पनि फिल्मको व्यापार बढ्दो छ।

सलमान अभिनित यो तेस्रो फिल्म हो, जसले ३ सय करोड माथिको व्यपार गर्न सफल छ। यस अघि सलमान अभिनित सुल्तान र बजरंगी भाइजानले ३ सय करोड माथिको व्यापार गरेको थियो।

तर सुल्तान र बजरंगी भार्इजान दुबैको रेकर्ड टाइगर जिन्दा हे ले तोडेको छ। अलि अब्बास जफार निर्देशित फिल्ममा सलमानसँगै कट्रिना कैफको मुख्य भुमिका रहेको छ। ‘यशराज फिल्मस’को ब्यानरमा निर्माण भएको फिल्ममा आदित्य चोपडाको लगानी रहेको छ।

 

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१