ताजा अपडेट

चिसोले कठ्याङ्ग्रिएर दाङमा एक जनाको मृत्यु

          |   107 Views   |   Published Date : 12th January 2018 |

suicide_PTI

दाङ । चिसोले कठ्याङ्ग्रिएर दाङमा एकजनाको मृत्यु भएको छ । मौसम परिवर्तन संगै भएको अत्याधिक चिसोले गडवा गाउँपालिका १ बडराकमका ७१ वर्षीय जोखु चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

अविवाहित र अपाङ्गता भएका चौधरी उनका भातिजहरुको संरक्षणमा थिए ।

 भतिजाहरु रोजगारको सिलसिलामा भारतमा रहेको र स्याहारसुसार गर्ने व्यक्ति कोही पनि नहुँदा अत्यधिक जाडोमा न्यानो कपडाको अभावले कठ्याङ्ग्रिएर उनको मृत्यु भएकोे प्रहरीले जनाएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१