ताजा अपडेट

अल्फाको २९औं वार्षिकोत्सव सम्पन्न

          |   200 Views   |   Published Date : 12th January 2018 |

 26696651_1785473028150280_1530375599_n

26755510_1785472891483627_337631447_n

पौष, २८ दाङ | अल्फा इङ्लिस बोर्डिङ् स्कुलको २९ औं वार्षिकोत्सव शुक्रबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगर पालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले विद्यालयलस्तरबाट नै विद्यार्थीहरुलाई नैतिकवान् बनाउन जरुरी रहेको बताएका थिए । साथै विद्यार्थीलाई व्यवहारिक शिक्षा प्रदान गर्ने कुरामा जोड दिएका थिए । व्यवहारिक शिक्षाले नै साँस्कारिक जनशक्ति उत्पादन गर्न सकिने औंल्याउँदै प्रमुख अतिथि डाँगीले अबको शिक्षा संस्कार र व्यवहारमा आधारित हुनु पर्ने बताउनु भयो|

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि प्याब्सन दाङका अध्यक्ष यादव गिरीले राज्यको नीति निजी विद्यालयलाई अप्ठ्यारो पार्ने खालका आइरहेकाले निजी विद्यालय सञ्चालन गर्न निकै चुनौति रहेको बताउनु भयो । साथै विशिष्ट अतिथि गिरीले राज्यले निजी विद्यालयको शैक्षिक योगदानको मूल्याङ्कन गर्नु पर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रञ्जन अबाले प्रहरीलाई समाज र शिक्षासँग जोड्न आवश्यक रहेको भन्दै आगामी दिनहरुमा स्कुलको सफल कार्यकाल रहोस् भनी शुभ्कामना पनी दिनुभयो । समारोहमा विद्यालयका प्रिन्सिपल आदिम के.सी.ले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भ्एको थियो ।

कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष महेन्द्र चन्द, अभिभावक सरीता गिरी, विद्यार्थीहरु प्रणव गिरी, भावना श्रेष्ठ, स्तुती बत्स्याललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा शैक्षिक तथा अतिरिक्त क्रियाकलापका पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।साथै कार्यक्रममा विद्यार्थीले विभिन्न राष्ट्रियता तथा संस्कृति झल्काउने खालका नृत्य प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द नेपालीको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो । प्रिन्सिपल आदिम के.सी.को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक हेमन्त अधिकारीले गरेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१