ताजा अपडेट

अल्छी शिक्षकले सामुदायिक विद्यालयको बदनाम भयो–शिक्षाविद्

          |   44 Views   |   Published Date : 12th January 2018 |

uuuu

  तुलसीपुर, पुस २८ । शिक्षाविद् डाक्टर विद्यानाथ कोइरालाले कतिपय अल्छी शिक्षकका कारण सामुदायिक विद्यालयको वदनाम भइरहेको बताउनुभएको छ ।

शिक्षा सञ्चार सञ्जाल दाङले तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले आफू घाम तापेर बस्ने र विद्यार्थीलाई मात्रै पढ पढ भन्ने गरेका कारण सामुदायिक विद्यालयको नतिजा खस्किएको बताउनुभयो ।

‘कतिपय शिक्षकहरु स्कुलमा उपस्थित हँुदैनन’, डा. कोइरालाले भन्नुभयो, ‘भए पनि मन लगाएर पढाउँदैनन् कसरी हुन्छ गुणस्तर शिक्षा ?’ विद्यार्थीको रुचि अुनसार पढाईलाई अघि बढाउनुपर्ने भन्दै उहाँले गुणस्तर शिक्षाका लागि विद्यार्थी र शिक्षक दुवै सक्रिय हुनुपर्ने बताउनुभयो ।

धेरै सामुदायिक विद्यालयहरु नेपालमा पनि नमुनाका रुपमा स्थापित भएको चर्चा गर्र्दै उहाँले त्यो काम गरेर सफल भएको बताउनुभयो ।
काम नगर्ने तर नतिजा मात्रै खोज्ने प्रवृत्तीले विद्यार्थी र शिक्षाको सुधार हुन नसक्ने भन्दै डा. कोइरालाले विद्यार्थी जान्ने, बुझ्ने भए भने त्यसले स्वयं पढाउने शिक्षको समेत विकास हुने बताउनुभयो ।

शिक्षा सञ्चार सञ्जालका संयोजक ओपेन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा अर्का शिक्षाविद् धनञ्जय शर्माले भन्नुभयो, ‘हाम्रो मूल्याङ्कन गर्ने प्रणाली खराब रहेको छ । वर्षभरि पढाएको विद्यार्थी तीन घन्टा गरेको परीक्षामा फेल हुँदा फेलै भयो भनेर घोषणा गर्ने सोचाई र प्रवृत्तीमा नै खोट रहेको छ ।’
उहाँले थप्नुभयो, ‘विद्यार्थी परिक्षामा सहभागी हँुदै गर्दा, ऊ बिरामी छ कि, अथवा भोकै छ कि, बुबाआमाले पिट्नु भयो कि, बाटोमा आउँदा कसैले तनाव गरायो कि, अथवा उसलाई कुनै समस्या आइपरेको पनि त हुनसक्छ । यतातर्फ नबुझेर परीक्षामा गर्न सकेन भनेर फेलको घोषणा गरिदिन्छौं ।’ विद्यार्थीलाई साथीको जस्तो व्यवहार गरेर उसलाई रमाइलो वातावरणमा पढ्ने अवस्थाको सिर्जना शिक्षकले नै गर्नुपर्ने उहाँको भनाई थियो ।
शिक्षा सञ्चार सञ्जालका सदस्य दिपक बोहराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सञ्जालका सदस्य निरला अर्याल गैरेले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१