विमाको महत्व

सविन प्रियासन केही समय यता विमाको महत्व चौतर्फी बढेको छ । यसलाई बुझ्न र बुझाउन सकेको खण्डमा यसले सबैलाई लाभ गर्दछ । पछिल्लो समय विमाको महत्व यसरी बढेर गएको छ कि हरेक कुरामा विमा गर्नुपर्ने अवस्था विद्यमान छ । मानिसको देखि बस्तुहरुको समेत विमा भइरहेको छ । यहाँसम्मकी मानिसको अंगअंगको विमा पनि भइरहेको छ । बस्तुभाउ, खेतीपाति सबैको विमा हुन्छ । विमाको प्रसंगमा कुरा उठाउँदा यसको महत्व संगसंगै विमाको लाभका बारेमा सर्वसाधारणले व्यापक जानकारी नपाउँदा समस्याहरु सिर्जना हुने गरेको छ । विमा अपरिहार्य छ । तर विमाको अपरिहार्यतालाई मानिसले स्वतस्फूर्तरुपमा ग्रहण गर्ने भन्दा पनि कँही बाध्य भएर कहि आफन्त, नातागोता, साथीभाइको अनुहार हेरेर विमा गरेको हामीले पाएका छौं । जसले गर्दा विमितले नियमितरुपमा यसबाट लिने लाभ र यसको प्रक्रियालाई आत्मसात गर्दैैन । जसले गर्दा यस्तो कार्यबाट विभिन्न समस्याहरु सिर्जना भएको हामीले देखेका छौं । विमा सबैका लागि लाभ दायक छ । तर यस भित्र प्रवेश गर्नका लागि विभिन्न प्रक्रियाहरु पालना गर्नैपर्दछ । दाङमा हजारौं व्यक्तिहरुले विमा गरेका छन् । तर विमा कम्पनीहरुका अनुसार आधा भन्दा बढीले नियमितरुपमा यसको प्रक्रियालाई आत्मसात नगरेको कम्पनीको भनाई छ । जसले गर्दा विमा गरेका धेरै व्यक्तिहरुको रकम त्यतिकै अल्पत्र अवस्थामा छ । एकातिर विमाको किस्ता समयमा नबुझाउने, अर्कोतर्फ कदमकदाचित कुनै व्यक्तिको निधन भएपछि विमाले रकम नदिने … Continue reading विमाको महत्व